प्रमुख समाचार

झा दम्पती हत्या प्रकरण : दुई वर्षपछि थप एक पक्राउ

सुभाष कर्ण | माघ ७, २०७९

जनकपुरधाम- गत दुई वर्षअघि महोत्तरीका झा दम्पतीको हत्या आरोपमा थप एक जना पक्राउ परेका छन् ।

२०७७ साल फागुन १० गते राति महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी देवीको हत्या भएको थियो । छुट्टाछुट्टै ओछ्यानबाट ओछ्यानसहित बेपत्ता पारिएका झा दम्पती एक महिनापछि चैत १२ गते पिपरा २ अतरार जाने बाटोमा सडेगलेको अवस्थामा शव फेला परेको थियो ।

झा दम्पतीका छोरा मनिष झाले दिएको उजुरीका आधारमा हत्यामा संलग्न रहेको आरोपमा यसअघि ७ जना पक्राउ परेका थिए भने पछिल्लो पटक पिपरा गाउँपालिका ५ बस्ने ७२ वर्षीय तेज नारायण झा नेपाल-भारत सीमाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

झा घटनापश्चात फरार भएर भारतको गोवाटी शहरमा पुजारीको काम गर्दै आएका झा बेला-बेलामा काँकडभिट्टा नाका हुँदै आउजाउ गरिरहेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौँको सहयोगमा उनलाई पक्राउ गरिएको हो ।

सीआईबीको सहयोगमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको टोलीले झापाको मेचीनगर नगरपालिका ६ स्थित नेपाल-भारत सिमानाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिएका छन् । पक्राउ परेका झाले हत्यामा मतियारको भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको उनले बताए ।

जग्गा विवादमा आरोपितहरूले झा दम्पतीको हत्या भएको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

झा दम्पतीकाे हत्या आरोपमा रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने रजिन्द्र यादव र हरेन्द्र ठाकुर, तेज नारायण झा, तारा देवी झा, विकास भन्ने बब्लुकुमार झालाई पक्राउ गरेको थियो । ती पक्राउ मध्ये जिल्ला अदालतको आदेशले ३ जना कारागारमा रहेका छन् भने चार जना धरौटी दिएर रिहा भइसकेका छन् ।

बिरालोले मुसा ढुकेजसरी संविधान नष्ट गर्न पूर्वप्रधानमन्त्रीले ढुकिरहेका छन् : सांसद चौधरी

इकागज | माघ ७, २०७९

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का नेता तथा सांसद मेटमणी चौधरीले संविधानमाथि अझै खतरा...

मालबाहक सवारीमा देखिएको समस्या समाधानका लागि प्रतिबद्ध छु :अर्थमन्त्री पौडेल

इकागज | माघ ७, २०७९

काठमाडौँ- नेपाल ट्रक यातायात व्यवसायी महासंघको एक प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री वि...

सरकारले तोक्यो संवैधानिक अंगका पदाधिकारी र न्यायाधीशहरूको तलब : कसको तलब कति ?

इकागज | माघ ७, २०७९

काठमाडौँ- सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीशसहित विभिन्न पदाधिकारीको नयाँ तलबमान गत साउन १ गतेद...

मिडियाको हेडलाइन बदल्न सक्दिन, जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु : मन्त्री लामिछाने

इकागज | माघ ७, २०७९

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडियाका हेडलाइन बदल्‍न नसके पनि जनताको लाइफलाइन...