रास्वपाले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
उनका अनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरूको गठन र जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरू गठन गर्ने योजना छ । माघ मसान्तभित्र प्रदेश समितिहरूको विस्तारित भेला आयोजना गरी प्रदेश समितिहरूको पुनर्गठन गनै मिति र स्थान समेत तोकिएको छ ।