प्रमुख समाचार

शेखर समूहको निष्कर्ष : प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती भयो

इकागज | माघ ८, २०७९

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरिएको निष्कर्ष निकालेको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको समूहको भेलाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरिएको निष्कर्ष निकालेको हो । समूहको बैठक जारी छ ।

बैठकमा नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका हुन्।  ‘विश्वासको मत दिएर गल्ती गरियो भन्ने कुरा कति साथीहरूले भन्नु भाछ।कतिपय साथीहरूले यत्रो गठबन्धन गरेर जाँदा माओवादीले स्वार्थका निम्ति गए पनि हामीले ढोका बन्द गर्न हुँदैन थियो। यस्तो द्वन्द्व हुँदैन थियो। प्रतिपक्षमा बस्नुपर्छ भन्ने तर्क पनि छ यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने छ,’ बैठकमा सहभागी सांसद चन्द्र भण्डारीले भने। 
 
भण्डारीले नेपाली कांग्रेसभित्र स्पष्ट दृष्टिकोण नभएको बताउँदै पार्टी  प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु कि भनेर हिँड्ने प्रवृत्ति नरोकिएको बताए ।

माछापालन गर्न एक करोड : डिप बोरिङ मेसिन काम नलाग्‍ने अवस्थामा, पोखरी चिराचिरा

इकागज | माघ ८, २०७९

सुर्खेत - माछाका भुरा उत्पादन गर्ने भन्दै पशु अस्पताल तथा पशु सेवा कार्यालयले बाँडेको एक करोड रुपैयाँ ब...

सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति

इकागज | माघ ८, २०७९

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा...

तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

इकागज | माघ ७, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयका रू...

नवनिर्वाचित उपसभामुख राना भन्छिन् : पदीय जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नेछु

इकागज | माघ ७, २०७९

काठमाडौँ- नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारि...