प्रमुख समाचार

प्रदेश १ को चौथो मुख्यन्यायाधिवक्तामा आचार्य नियुक्त

इकागज | माघ ११, २०७९

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फ्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यलाई नियुक्त गरेका छन् । झापा बारका पूर्वअध्यक्ष समेत रहेका आचार्य नेकपा एमाले निकट कानुन व्यवसायी हुन् ।

झापाको झापाको विर्तामोड–५ निवासी आचार्यलाई बुधबार दिउँसो प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

नेपालको संविधान २०७२ को धारा १६० मा प्रत्येक प्रदेशमा एकजना मुख्य न्यायाधिवक्ता रहने व्यवस्था अनुसार आचार्य मुख्यन्यायाधिवत्तामा नियुक्त भएका हुन् । मुख्यन्यायाधिवक्ताको नियुत्तको जानकारी भने प्रदेश प्रमुख कार्यालयले गराउने व्यवस्था रहेको छ ।

प्रदेश १ मा पहिलो सरकारका मुख्यमन्क्री शेरधन राईले विराटनगरका वरिष्ठ अधिवक्ता चुडामणि आचार्यलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका थिए । उनले एमाले नेतृत्वकै भीम आचार्य सरकारसम्म काम गरेका थिए । निवर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राईको नेतृत्वमा तेस्रो सरकार बनेपछि आचार्यले ०७८ कात्तिक १७ मा राजीनामा दिएका थिए । राईले आफ्नो सुरुवाती कार्यकालमा अधिवक्ता झोजराज श्रेष्ठलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरे । एकीकृत समाजवादी निकट कानुन व्यवसायीहरुभिक्र मुख्यन्यायाधिवत्ता पदका लागि आलोपालोको चर्चा चलेपछि राईले श्रेष्ठलाई हटाएर पार्टी निकटकै अर्का कानुन व्यवसायी परिवर्तन राईलाई नियुक्त गरेका थिए ।

गण्डकीमा मन्त्रिमण्डल विस्तार, कसले कुन मन्त्रालय पाए ?

धनबहादुर गुरुङ | माघ १०, २०७९

पोखरा- गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले शपथ ग्रहण गरेको २ हप्तापछि मन्त्रिमण्डल विस्तार भएक...