प्रमुख समाचार

समयमै उपचार नपाउँदा बच्चासहित गर्भवतीको बाटोमै मृत्यु

इकागज | माघ १०, २०७९

कैलाली- समयमै उपचार नपाउँदा बाजुरामा एक सुत्केरीको मृत्यु भएको छ । बडिमालिका नगरपालिका- १ पिनालेख बस्ने रमेश विककी २६ वर्षीय श्रीमती जानकी विक लुवारको सुत्केरी हुन नसकि सोमबार राति बाटोमै मृत्यु भएको हो । जिल्ला अस्पताल बाजुराले रिफर गरेकी जानकीलाई बसमा महेन्द्रनगर लैजाँदै गर्दा अछाममा बाटोमा मृत्यु भएको श्रीमान रमेशले जानकारी दिए।

दोस्रो पटक गर्भवती भएकी जानकीलाई बाजुरा अस्पतालले रिफर गरेपछि बसमा महेन्द्रनगर जाँदै गरेका जानकीको अछाम र डोटीको सिमाना चौखुट्टे पुगेपछि जानकीलाई व्यथाले च्याप्दै लगेपछि जिपमा बयलपाटा अस्पताल लैजाँदै गर्दा अत्याधिक रक्तस्रावका जानकीको बाटोमा मृत्यु भएको हो । रकम अभावका कारण बसमा लानु परेको मृतकका श्रीमान रमेशले बताए ।

बयलपाटा अस्पतालमा कार्यरत अहेब भवानी ढुङ्गानाले अस्पताल आइनपुग्दै गर्भवतीको बाटोमा मृत्यु भएको र पेटमा भएको बच्चाको समेत मृत्यु भइसकेको  बताए ।

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलका प्रमुख चुँडाल अख्तियारको नियन्त्रणमा

इकागज | माघ ९, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मि...

सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका लागि प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिबद्ध : प्रम दाहाल

इकागज | माघ ९, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका लागि ...

अख्तियारद्वारा उपकुलपति गिरीविरुद्ध भ्रष्टाचार मुद्दा, पदीय मर्यादाविपरीत काम गरेको आराेप

इकागज | माघ ९, २०७९

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपत...

गल्याङमा अदुवाको बीउ किन्दा भ्रष्टाचार, पूर्वमेयरसहित कर्मचारीविरुद्ध मुद्दा

इकागज | माघ ९, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी र न...

मुख्यमन्त्री रावलकाे गुनासाे : सुदूरको पीडा राष्ट्रिय स्तरमा जोडिन सकेन

इकागज | माघ ९, २०७९

काठमाडौँ- ​सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरको पीडा राष्ट्रिय स्तरमा जोडिन ...