प्रमुख समाचार

उपलब्धिहरू प्राप्तिको श्रेय सहिदहरूलाई जान्छ : उपराष्ट्रपति

इकागज | माघ १६, २०७९

काठमाडौँ - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय सहिदलाई नै जाने बताएका छन् । उनले ‘सहिद दिवस–२०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै  प्रजातन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिने सम्पूर्ण सहिदहरूको योगदानको उच्च मूल्याङ्कन र सहिद परिवारजनमा उच्च सम्मान व्यक्त गरेका छन्। 

उनले जहानियाँ राणा शासन विरोधी आन्दोलन तथा त्यसपछिका ठूल–ठूला राजनीतिक क्रान्ति तथा सङ्घर्षमा आफ्नो जीवन आहुति दिने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । “नेपाली जनताको लामो राजनीतिक सङ्घर्षपछि गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था स्थापना भएको छ, महान् वीर सहिदहरुको बलिदानीबाट प्राप्त यी उपलब्धिहरु सविधानमार्फत संस्थागत छन्”, उनले भनेका छन् । 
 

सहिद दिवस मनाइँदै

इकागज | माघ १६, २०७९

काठमाडौँ - प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्...

सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली : राष्ट्रपति

इकागज | माघ १६, २०७९

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापन...

स्वास्थ्यमन्त्रीकाे चेतावनी : नर्सलाई न्यूनतम पारिश्रमिक नदिने अस्पताल नै खारेज गर्छौं

इकागज | माघ १५, २०७९

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक पनि नदिने निजी क्षेत्...