जातीय विभेदको आरोपमा वडाध्यक्ष प्रहरी नियन्त्रणमा
पोखरा । पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडाध्यक्ष अधिकारीमाथि दलित महिला सदस्यलाई जातीय विभेद गरी अपमानजनक शब्द बोलेको आरोप छ ।
वडा सदस्य मैया नेपालीलाई अपमानपूर्ण व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेपछि प्रहरी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । वडा सदस्य नेपालीले वडाध्यक्ष अधिकारीले विभेदजन्य शब्द प्रयोग गरेर अपमान गरेको भन्दै गत आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेकी थिइन् । उजुरीपश्चात अधिकारी मंगलबार बिहान आफैँ जिल्ला प्रहरी कार्यालय पुगेको जनाइएको छ ।