प्रमुख समाचार

महसुल तिर्न आउने सेवाग्राहीलाई काउन्टर बन्द हुँदा समस्या

इकागज | पुस १९, २०७९

जलेश्वर- जलेश्वरमास्थित नेपाल विद्युत् प्राधिकरण जलेश्वर शाखा विरतण केन्द्रको विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । 

शाखाको एम पावर विलिङ सिस्टमको सर्भरमा समस्या आएपछि गत महिनादेखि  केन्द्रबाट हुने गरेको सम्पूर्ण आय सङ्कलन काउन्टर भएको जनाइएको छ ।   शाखा प्रमुख वीरेन्द्र झाले वितरण केन्द्रको सबै सेवा पूर्ववत नै सञ्चालनको तयारी भएको जानकारी दिए । 

काउन्टर बन्द हुँदा यस केन्द्र मातहतमा रहेका ३५ हजार मिटर तथा तिनका ग्राहकले विद्युत् महसुल बुझाउन नपाएर हैरानी व्यहोरिरहेका छन् । मासिकरूपमा विद्युत् महसुल बुझाउन केन्द्रमा आउने गरेका सेवाग्राही बिल नै नबुझाइ फर्किनुपरेको छ भने विद्युत् महसुल बुझाउन चाहने सेवाग्राहीलाई केन्द्रका कर्मचारीले गत वैशाख महिनादेखिकै बिल लिएर आएपछि मात्रै नयाँ बिल बुझ्ने जनाउँदै फर्काउने गरेका छन् ।

जलेश्वर नगरपालिका वडा नं २ का सेवाग्राही दीपक गुप्ताले केन्द्रको सर्भरमा समस्या आउँदा विद्युत महसुल बुझाउन नपाएको  गुनासो गरे । 

जलेश्वर–२ का शिवचन्द्र चौधरीले केन्द्रमा अहिले दैनिक महसुल बुझाउनेको भीड लाग्ने, दैनिक प्रहरी र सेवाग्राही, कर्मचारी तथा सेवाग्राहीको बीचमा भनाभन र गालीगलौजसमेत हुने गरेको छ । केन्द्रमा दैनिक हुने विभिन्न हो–हल्लाले गर्दा यस वितरण केन्द्रबाट हुने नयाँ मिटर वितरण, मिटरमा देखिएका समस्या समाधान, उपकरण जडानलगायतका कामकाज हुन नपाउँदा सेवाग्राही थप समस्यामा परेका छन् ।
 

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताए।

गृहमन्त्रीकाे निर्देशन : भूकम्प आए तत्काल भाग्न मिल्ने ढाेका बनाउनू

इकागज | पुस १८, २०७९

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपत जोखिम न्यूनीकरणको सुरुवात मन्त्रालयबाटै गर्न ...

खनालको टिप्पणीः रास्वपा र जनमत पार्टी रहस्यमय र बुर्जुवा शक्ति (पूर्णपाठ)

इकागज | पुस १८, २०७९

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र र जनमत पार्टीला...