दल

नयाँ सरकार खिचडीका रूपमा प्रस्तुत भएको छ: झलनाथ खनाल (पूर्णपाठ)

इकागज |
पुस १८, २०७९ सोमबार १४:१२ बजे

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नयाँ सरकारलाई खिचडीको संज्ञा दिएका छन् । शनिबार पार्टीको स्थायी कमिटी बैठकमा पेस गरेको दस्तावेजमा खनालले सात दलको समर्थनमा बनेको नयाँ सरकारलाई खिचडीको संज्ञा दिएका हुन् । 

उनले प्रतिवेदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राजावादीदेखि समाजवादीसम्मको उपस्थिति भएको उल्लेख गरेका छन् । आठ पृष्ठ लामो उक्त दस्तावेजको ‘नयाँ सरकारको संरचना कस्तो छ’ शीर्षकमा उनले लेखेका छन्, ‘राजतन्त्रवादीहरू त्यहीँ छन्, उनीहरू संवैधानिक राजतन्त्र र हिन्दु राज्यको माग गरिरहेका छन् । मधेसलाई देश बनाउनेहरू पनि त्यहीँ छन् । संघीयता खारेज हुनुपर्छ भन्नेहरू पनि त्यहीँ छन् । नेपालको नागरिकताबारे नै गम्भीर विवादमा रहेका र सर्वोच्च अदालतमा मुद्दा खेपिरहेकाहरू पनि त्यहीँ छन् । हाम्रो लक्ष्य जबज हो भन्नेहरू पनि त्यहीँ छन् । होइन हाम्रो लक्ष्य समाजवाद हो भन्नेहरू पनि त्यहीँ छन् ।’


उनले अगाडि लेखेका छन्, ‘त्यसैले यो एउटा खिचडी सरकारका रूपमा मुलुक समक्ष प्रस्तुत भएको छ । उनीहरूका साझा नीति र कार्यक्रम के हुन्छ ? उनीहरूले हाम्रो पार्टी प्रति, वाम एकताप्रति कस्तो नीति अपनाउने छन ती सबै कुरा हेर्न बाँकी नै छ ।’

नेता खनालले सो दस्तावेज सोमबारदेखि पार्टी कार्यालयमा सुरु भएको पोलिटब्युरो बैठकमा पनि पेस गरेका छन् । सरकारमा सहभागी हुने या नहुने, वामपन्थी एकतालगायत विभिन्न विषयमा निर्णय गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी छ ।

यो पनि 

खनालको टिप्पणीः रास्वपा र जनमत पार्टी रहस्यमय र बुर्जुवा शक्ति (पूर्णपाठ)

 


Author

थप समाचार
x