प्रमुख समाचार

पश्चिमी वायुको सामान्य प्रभाव

प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

इकागज | कात्तिक १७, २०७९

काठमाडौं - आज मुलुकका केही पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव छ ।

जसकारण दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।

शुक्रबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको हुनसक्ने ठानिएको छ । राति पहाडी भूभागमा आंशिक बदली रहने देखिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

सन्दीप पक्षधर वकीलले भने : अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न सकेन

इकागज | कात्तिक १६, २०७९

काठमाडौँ- ​क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोगमा आजबाट थुनछेक बहस सुरु भएको छ । थुनछेक ...

सेयर बजार हरियाली कायमै, ७ अंकले बजार बढ्दा कारोबार रकम १ अर्ब ४६ करोड

इकागज | कात्तिक १६, २०७९

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा सामान्य अंकले उकालो लागेको छ। आज सेयर बजार ...