प्रमुख समाचार

सेयर बजार ५६ अंकले बढ्यो, कारोबार रकम १ अर्ब २९ करोड

इकागज | कात्तिक १५, २०७९

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको तेस्रो दिन सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । मंगलबार, नेप्से परिसूचक ५६.११ अंकले बढेको हो।

 ५६ अंक बढेर १९३०.९९ अंक विन्दुमा आइपुगेको छ ।  बजार परिसूचक २.९९ प्रतिशतले बढ्दा 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ३.०४ प्रतिशतले बढेर ३८२.१४ मा उक्लिएको छ।

आज ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता सेयर १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६ सय ४२ रुपैयाँमा खरिद बिक्री भएको छ । जसमा २७ हजार ९ सय ३२ पटकको कारोबारमा भएको थियो।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली देखिएको छ । आज १८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ । त्यसैगरि, न्यादी हाइड्रोपावरमा १० प्रतिशत र युनिर्भसल पावर कम्पनीमा ९ प्रतिशतको सर्किट लागेको छ ।

आज एनआईसी एशिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ६५ लाख रुपैयाँ माथिको कारोबार भएको छ । त्यसैगरी, नबिल बैंकको ५ करोड ९२ लाख, शिवम् सिमेन्ट्सको ५ करोड १७ लाख, रिडी पावर कम्पनीको ५ करोड ३९ हजार र एभरेष्ट बैंकको ४ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

निर्वाचन आयोगको निर्णयविरुद्धका दुई रिटमा आज सुनुवाइ हुँदै

इकागज | कात्तिक १५, २०७९

काठमाडौँ- निर्वाचन आयोगका पछिल्ला दुई निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ...