प्रमुख समाचार

योगेश भट्टराईलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण

इकागज | कात्तिक १६, २०७९

काठमाडौँ- निर्वाचन आयोगले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले) का उम्मेदवार योगेश भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ । 

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा 'स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने' र खण्ड (ण) मा 'निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने' व्यवस्था छ ।

एमालेका सचिव भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्घा गाउँपालिका–३ सिकैचामा आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाटसमेत सार्वजनिक भएको भनी उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो । 'निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार भएको छैन भन्ने आधार कारण के छ?' स्पष्टीकरणमा भनिएको छ ।

'तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारबाही किन हुनु नपर्ने हो ? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार अनुरोध छ ।'

माओवादी उम्मेदवार बिना मगरलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण

इकागज | कात्तिक १६, २०७९

काठमाडौँ- निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन कञ्चनपुर क्षेत्र न...

निर्वाचन आयोगले दियो कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन

इकागज | कात्तिक १६, २०७९

काठमाडौँ- निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणको प्रयोज...

आयोगलाई गगन थापाको स्पष्टीकरण: डेंगु नियन्त्रण अभियानले चुनावलाई असर गर्दैन

इकागज | कात्तिक १६, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले चलाएको डेंगु नियन्त्रण अभियानले निर्व...

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा आज डडेलधुरा जाँदै

दीपक उपाध्याय | कात्तिक १६, २०७९

कैलाली - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी आमसभालाई सम्बोधन गर्न आ...

एमालेबाट माओवादी प्रवेश गरेका सरदारसहित ४५ जनाको नाम बन्द सूचीबाट हट्‌यो

बाबुराम भण्डारी | कात्तिक १६, २०७९

विराटनगर- नेकपा एमाले त्यागेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरी प्रदेशसभातर्फको समानुपातिक बन्दसूचीमा प...