प्रमुख समाचार

कालिकोटमा जीप दुर्घटना : तीनको मृत्यु, सात जना घाइते

इकागज | कात्तिक २२, २०७९

मान्म- मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालिकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो । 

मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए ।

उनका अनुसार जीपमा १० जना सवार थिए । उनले भने, 'एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।'

घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकीका मन्त्री आचार्य बर्खास्तबारे मुख्यमन्त्री कार्यालयका प्रवक्ता बेखबर

इकागज | कात्तिक २२, २०७९

पोखरा । गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाल...

एमाले उम्मेदवारको घरदैलोः स्थानीयको माग ढल निकास र सडक स्तरीकरण

इकागज | कात्तिक २२, २०७९

मकवानपुर - ४ मंसिरमा हुने निर्वाचनको प्रचार प्रसारमा मकवानपुरका उम्मेदवारहरू तीब्रताका साथ लागेका छन् ।...

पूर्वमन्त्री इस्तियाक राईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

इकागज | कात्तिक २२, २०७९

काठमाडौँ- पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नम्बर २ का उम्मे...