प्रमुख समाचार

मुख्यमन्त्री राउत आचारसंहिता उल्लंघन गर्दै प्रचारप्रसारमा सहभागी

सुभाष कर्ण | कात्तिक १९, २०७९

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै आफ्ना पार्टीका उम्मेदवारको प्रचारप्रसारमा खटेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीहरूलाई आफू उम्मेदवार भएको बाहेक क्षेत्रमा निर्वाचनको प्रचारप्रसार गर्न जाँदा निर्वाचन आयोगसँग इजाजत लिनुपर्ने निर्वाचन आचारसंहितामा व्यवस्था रहेकोमा त्यसलाई धज्जी उडाउँदै मुख्यमन्त्री राउत प्रदेशका विभिन्न जिल्लामा आफू आबद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवारहरूको प्रचारप्रसारमा खटेका हुन् ।

आगामी ४ मंसिरमा हुने निर्वाचनमा यस प्रदेशका मुख्यमन्त्री, मन्त्री, स्थानीय तहका पदाधिकारी तथा विभिन्न राजनीतिक दलहरू आचारसंहिता विपरीत खुलेआम रूपले प्रचारप्रसारमा लागेपनि निर्वाचन आयोग कारबाही गर्नुकाे सट्टा मौन बसेकाे स्थानीयले आराेप लगाएका छन् ।

यसै क्रममा शुक्रबार मुख्यमन्त्री राउतले महोत्तरी क्षेत्र नम्बर ३ मा जसपाका उम्मेदवार हरिनारायण यादव र प्रदेश सभाका उम्मेदवार दिपेन्द्र झाको प्रचारप्रसारका लागि महोत्तरीको मुस्लिम बाहुल्य क्षेत्रहरू मटिहानी, बरदाहा, सिरमरदही, खैरा, नैन्ही, जलेश्वर, एकडारा लगायतमा अबेर रातिसम्म घरदैलो तथा चुनावी सभा कार्यक्रममा सहभागी भई मत मागेका थिए ।

मुख्यमन्त्री राउत आफैँ पर्साको क्षेत्र नम्बर–१ को (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार हुन् । उनी आफ्नो क्षेत्र बाहेकको क्षेत्रमा चुनावसँग सम्बन्धित कुनै पनि क्रियाकलापमा सहभागी हुन पाउँदैनन् । तर, आवश्यक परेको खण्डमा निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिएर मात्र जानुपर्नेमा आचारसंहितामा व्यवस्था छ । तर, त्यसको बेवास्ता गर्दै उनले अनुमति नलिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णकुमार राउतले जानकारी दिएका छन् ।

आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको हो ।

संशोधित आचारसंहिता बमोजिम निर्वाचनमा आफैँ उम्मेदवार भएका मुख्यमन्त्री तथा मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा मात्र संलग्न हुन सक्नेछन् । त्यसरी प्रचारप्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न भने आचारसंहिताले रोक लगाएको छ ।

आचारसंहिता उल्लंघन गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नेछौं : आयुक्त जबरा

सुभाष कर्ण | कात्तिक १९, २०७९

जनकपुरधाम- आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेल...

कतार र सहभागी टीमको प्रशंसा गर्न विश्वकप आयोजकद्वारा दर्शक भर्ना गरेको आरोप

इकागज | कात्तिक १९, २०७९

पेरिस- विश्वकप आयोजकले कतार र सहभागी राष्ट्रका लागि ‘चियरलिडर’को रूपमा काम गर्न प्रशंसकहरू...

आचारसंहिता उल्लंघन गर्ने दुई नेपालीसहित एक दर्जन भारतीय गाडी नियन्त्रणमा

सुभाष कर्ण | कात्तिक १९, २०७९

जनकपुरधाम- आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लंघन गरेको भन्दै स्थान...

पञ्चायतकालमा आगजनी गरिएकाे धियाँल बरबोट बस्ती संरक्षण गर्ने आश्वासन

इकागज | कात्तिक १९, २०७९

मकवानपुर । पञ्चायतकालमा मकवानपुरको तत्कालीन धियाँल बरबोटमा करिब ७ सय घरमा आगजनी भएको थियो । वन...

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा धर्ना

इकागज | कात्तिक १९, २०७९

काठमाडौँ- चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौँ मेडिकल कलेज (क...