प्रमुख समाचार

धनुषा -३ : बलियो गठबन्धनविरुद्ध एमालेकी जुली

इकागज | कात्तिक २६, २०७९

धनुषा । आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा धनुषा क्षेत्र नं ३ मा मुख्यरूपमा पाँचदलीय गठबन्धन र विपक्षी गठबन्धन नेकपा (एमाले)बीच प्रतिस्पर्धा हुने देखिएको छ । धनुषाको यो निर्वाचन क्षेत्रबाट यसअघि लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो निर्वाचित भएका थिए ।    
    
आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट नेतृ जुलीकुमारी महतो चुनावी प्रतिस्पर्धामा छिन् ।    
    
एमाले उम्मेदवार महतो विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी कांग्रेस नेता विमलेन्द्र निधिसँग पराजित भएका थिए भने २०७४ मा समानुपातिक सांसद बनेका थए । २०७४ का दुई बलिया प्रतिस्पर्धी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र कांग्रेस नेता निधि यसपटक यो क्षेत्रको प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा छैनन् । २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट महतोले कांग्रेस नेता निधिलाई पराजित गरेका थिए । निधिले यसपटक समानुपातिक रोजेका छन् भने महतो गृहजिल्ला सर्लाही–२ बाट उम्मेदवार बनेका छन् ।    
    
यस्तै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका झा २०७४ को निर्वाचनमा रौतहट–१ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । यसपटक पाँचदलीय भागबण्डामा रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार बनेपछि झाले धनुषा–३ मा उम्मेदवारी दिएका हुन् ।
    
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा सत्ता गठबन्धनको अवस्था बलियो देखिएको छ । धनुषा क्षेत्र नं ३ मा जनकपुरधाम उपमहानगरपालिकाका १७ सहित जम्मा ३८ वटा वडा पर्छन् । जनकपुरधामबाहेक नगराइन नगरपालिकाको सबै नौवटा वडा, मुखियापट्टि मुसहरनिया गाउँपालिकाको सबै छवटा वडा, धनौजी गाउँपालिकाको सबै पाँचवटा वडा र विदेह नगरपालिकाको एउटा वडा यस निर्वाचन क्षेत्रमा पर्छ ।    
    
क्षेत्रभित्रको ३८ मध्ये आधा अर्थात् १९ वटा वडा एक्लै नेपाली कांग्रेसले जितेको छ । दोस्रो स्थानमा एमालेले ११, जसपाले चार, लोसपाले तीन र एकीकृत समाजवादीले एक वडामा जित निकालेको छ । स्थानीय चुनावमा ३८ वटा वडाको वडाध्यक्षले पाएको मतअनुसार कांग्रेसको २२ हजार चार सय २९ मत छ । दोस्रोमा एमालेको १६ हजार १६ मत छ । जसपाले आठ हजार दुई सय २४ र लोसपाले एक हजार एक सय ६३ मत प्राप्त गरेको छ ।    
    
त्यस्तै एकीकृत समाजवादीले तीन हजार सात सय १३ र सबैभन्दा कम नेकपा (माओवादी केन्द्र)ले छ सय ५६ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कमा छ । एमालेका तर्फबाट उम्मेदवार बन्नुभएकी महतोले यस क्षेत्रको विकास, समृद्धि र सुशासन नै आफ्नो प्राथमिकता रहेको बताए । उनले जनताले विश्वास गरेको पार्टी र आफू जनताले विश्वास गरेको उम्मेदवार भएको दाबी गरे ।    
    
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका झाले आफूहरूको मुख्य मुद्दा सङ्घीयतालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनकपुरधामलाई मधेस प्रदेशको राजधानी बनाउन आफ्नो महत्वपूर्ण योगदान रहेको र राजधानीको योजनाबद्ध विकास नै आफ्नो प्राथमिकता रहेको बताए ।

सुर्खेतका मतदाता भन्छन्- विकास रोजगारीको ग्यारेन्टी गर्नेलाई मतदान गर्छौँ

इकागज | कात्तिक २६, २०७९

सुर्खेत/भेरीगङ्गा- मङ्सिर ४ गते संघ तथा प्रदेशको निर्वाचनमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले घोषणापत्र...

आज चितवनमा गठबन्धनको चुनावी सभा : देउवा, प्रचण्ड, नेपाल र भट्टराईले सम्बोधन गर्ने

इकागज | कात्तिक २६, २०७९

चितवन- सत्ता गठबन्धनले आज चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ ।  चुनावी सभालाई प्रधानमन्त्री...

मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोली घोषणा, को-को अटाए ?

इकागज | कात्तिक २६, २०७९

काठमाडौँ- स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय टोल...

ओली आज सुदूरपश्चिम जाँदै, तीन चुनावी सभालाई सम्बोधन गर्ने

इकागज | कात्तिक २६, २०७९

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज शनिबार सुदूरपश्चिम प्रदेश जाँदैछन् ।...

व्यवस्थामा होइन विकासमा परिवर्तन चाहन्छन् मतदाता

धनबहादुर गुरुङ | कात्तिक २५, २०७९

पोखरा- मुलुकमा दोस्रो जनआन्दोलनमार्फत राजनीतिक व्यवस्था परिवर्तन भए पनि सर्वसाधारणको अवस्थामा भने कु...