प्रमुख समाचार

रुकुम पश्चिममा घरदैलो अभियान

देउसी भैलाेमा नाचेरै भोट मागे जनार्दन शर्माले

इकागज | कात्तिक ९, २०७९

सुर्खेत- अर्थमन्त्री जनार्दन शर्मा देउसी भैलो खेल्दै चुनावी घरदैलो अभियानमा लागेका छन् ।

तिहार मनाउन गृहजिल्ला पश्चिम रुकुम पुगेका शर्मा भैली खेल्दै चुनावको प्रचारप्रसारमा लागेका हुन् । स्थानीय युवा क्लब तथा अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको देउसी भैलाे गीतमा शर्मा आफू पनि नाचेर भोट मागेका छन् । महासंघले आयोजना गरेको देउसी भैलाे कार्यक्रममा मयुर नाचमा समेत शर्माले नृत्य गरेका छन् ।

घरदैलो अभियानमा हिँडेका अर्थमन्त्री शर्माले स्थानीय स्तरमा आयोजना हुने देउसी भैलाे कार्यक्रममा सहभागी हुनुका साथै नाचगान पनि गरे ।

वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट शर्मा पश्चिम रुकुममा प्रतिनिधि सभाको उम्मेदवार हुन् । शर्मासँगै गठबन्धनका उम्मेदवारहरू महेन्द्र केसी र राजकुमार शर्मा पनि घरदैलो कार्यक्रममा सहभागी छन् । त्यसैगरी माओवादी केन्द्रका प्रदेश अध्यक्ष एंव पूर्वमन्त्री विमला केसी, पूर्वमन्त्री गोपाल शर्मा, पालिकाका प्रमुख तथा कार्यकर्ताहरू घरदैलो अभियानमा सहभागी भएका छन् ।

देउसी भैलाेमा मयुर, पैसेरु लगायतका लोक नृत्यहरूका साथै पुराना भाका र विकास समृद्धि तथा चुनावी प्रचारका गीतहरू गाइएको माओवादी पश्चिम रुकुमका प्रचार विभाग प्रमुख धुव्र बुढाथोकीले जानकारी दिए । चुनावी प्रचारमा यसपालि घरदैलोसँगै देउसी भैलो खेल्दै अभियान सञ्चालन गरिएको बुढाथोकीले बताए । 

मधेशमा प्रदेश समानुपातिक बन्दसूचीमा परेका ८४ जनाको उम्मेदवारी खारेज

सुभाष कर्ण | कात्तिक ९, २०७९

जनकपुरधाम- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रदेश सभा सदस्यम...