प्रमुख समाचार

आठ दिनमा डेढ करोड बढी मत छापियो

इकागज | कात्तिक ३, २०७९

काठमाडौँ- निर्वाचन आयोगले ४० जिल्लाको मतपत्र छापिसकेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित प्रणालीतर्फ बुधबारसम्म ४० जिल्लाको १ करोड ५४ लाख ३४ हजार ५ सय मतपत्र छपाइ सम्पन्न गरेको निर्वाचन आयोगका सहप्रवक्ता ऋषिराम भुसालले जानकारी दिए । 

आयोग असोज २७ गतेबाट पहिलो हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुनेगरी ४ सय ९५ मतपत्र छाप्न सुरु गरेको थियो ।

आयोगले हालसम्म कर्णाली र सुदूरपश्चिमका सबै जिल्लाको मतपत्र छपाइ सम्पन्न गरेको छ। यस्तै, लुम्बिनी प्रदेशको रुपन्देही र गण्डकीको पर्वतबाहेक अन्य सबै जिल्लाको मतपत्र छापिसकिएको सहप्रवक्ता भुसालको भनाइ छ । यी दुई जिल्लाको मतपत्र आजदेखि छाप्न सुरु गरिएको पनि उनले बताए। 

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ। आजदेखि समानुपातिक तर्फको दोस्रो  चरणको मतपत्र ढुवानी थालेको छ । पहिलो चरणअन्तर्गत प्रदेश– १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ ।

यसबाहेक निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्ला जिल्लामा पठाइसकेको छ ।

 

प्लास्टिकका फूलगुच्छा र माला प्रतिबन्ध, बिक्री गरे १ लाखसम्म जरिवाना

इकागज | कात्तिक ३, २०७९

काठमाडौँ- सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ । वन तथा...

भक्तपुर-२ का कांग्रेस उम्मेदवार दुर्लभ थापालाई आयोगले सोध्यो स्पष्टीकरण

इकागज | कात्तिक ३, २०७९

काठमाडौँ - निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार दुर्लभ थापालाई स्पष्टीकर...

काँग्रेस तीन पार्टी जस्तो लाग्छ : देउवासँगै पौडेल, थापा र शेखर कोईरालासँग पनि छलफल गर्नुपर्छ

इकागज | कात्तिक ३, २०७९

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई गोरखा...

रियल मड्रिडको सहज जित

इकागज | कात्तिक ३, २०७९

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले इल्चेलाई ३-० अन्तरले पराजि...