प्रमुख समाचार

ओलीले भने : देउवाजीसँग लाइभ डिबेटमा आउन तयार छु

इकागज | कात्तिक १, २०७९

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन् ।

आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै धेरैले सामाजिक सञ्जालमा आफू र प्रधानमन्त्री देउवालाई लाइभ डिबेटमा आउन सुझाव दिएको उल्लेख गर्दै उनले त्यसका लागि आफू तयार रहेको बताएका हुन् । मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनका समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको उल्लेख गर्दै आफू त्यसका लागि तयार रहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाइभ डिबेट’ मा आउन आग्रह गर्नु भएको छ । धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेन्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ । 
म त यसका लागि तयार छु, देउवाजी नि !’

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन : सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा, कम कर्णालीमा

इकागज | कात्तिक १, २०७९

काठमाडौँ- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा देशका सात प्रदेशमध्ये सब...

मधेशमै अस्तित्व खोज्दै गठबन्धनको भरमा मधेशवादी दल

सुभाष कर्ण | असोज ३१, २०७९

जनकपुरधाम- सत्ता लोलुप्ताले एजेण्डाविहीन भएपछि मधेश केन्द्रित दल आफ्नै प्रदेशमा अस्तित्व खोज्दै गठबन्धनको भर...