प्रमुख समाचार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : बेनीमा तेक्वान्दो शुरु

इकागज | असोज २९, २०७९

म्याग्दी- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो खेल शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बेनीको कालीपुल कबर्डहलमा कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।

सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तीन सय ३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 

समितिका प्रशिक्षक कर्ण प्रधानले पुम्सेका छ र गेरोगीका १६ गरी २२ वटा इभेन्ट्सका खेल हुने जानकारी दिनुभयो । स्वर्ण र कास्य २२/२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४६ देखि ७२ र पुरुषतर्फ ५४ देखि ८७ केजी तौल समूहका खेलाडी सहभागि छन् । 

शुक्रबार साँझ भएको उद्घाटन खेलमा पुम्से एकलको महिला र पुरुषतर्फ नेपाल पुलिस क्लवले जितेको राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नविन श्रेष्ठले बताउनुभयो । महिलातर्फ ७.१९९ अंक सहित नेपाल प्रहरीकी निशा दर्नाल विजयी हुँदा उपविजेता भएकी नेपाली सेनाकी स्वतिका तामाङले ७.१४९ अंक जोडेकी थिइन् । तेस्रो स्थान प्राप्त गर्न सफल प्रदेश १ की शुशिला राईले ६.८६६ र गण्डकीकी अर्पणा अधिकारीले ६.४६६ अंक पाइन् । 

पुरुषतर्फ प्रहरीका कमल श्रेष्ठ ७.५३३ अंकसहित विजयी हुँदा लुम्बीनीका युवराज रानाले ७.१४९ अंक सहित उपबिजेता बने । त्यस्तै ६.८६६ अंक सहित गण्डकीका आयुष गुरुङ र ६.६९९ अंक सहित प्रदेश १ का विवेक राई तेस्रो भए ।

पुम्से र गिरोगीतर्फका बाँकी खेल आज सञ्चालन हुने राखेपका प्रमुख प्रशिक्षक श्रेष्ठले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बेनीमा बिहिबारदेखि महिला भलिबल प्रतियोगिता सञ्चालन भएको छ । रासस

नवौं राष्ट्रिय खेलकुद : दर्शक तान्‍न नसकेको उद्घाटन र आतिसबाजी

इकागज | असोज २९, २०७९

पोखरा- गण्डकी प्रदेशको राजधानी पोखरास्थित पोखरा रंगशालामा शुक्रबार राति नवौं राष्ट्रिय खेलकुदको औपचारिक...

बाआमाको तस्बिरदेखि शहीदको सालिकमा माल्यार्पण गर्दै चुनावी अभियानको थालनी

इकागज | असोज २८, २०७९

खोटाङ- मुलुक प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा होमिएको छ । मेलापातदेखि चोक चौतारोमा चुनाव...

आयोगलाई लाञ्छना लगाएर निर्वाचन बिथोल्ने दुष्प्रयास नगर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको चेतावनी

इकागज | असोज २८, २०७९

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमाथि लाञ्छना लगाएर आगामी मंसिर ...

नवलपरासी १ बाट टिकट पाएका अर्बपति चौधरी भन्छन्ः शक्तिको नजिक बसेर धेरै प्रयोग गरेको छु

इकागज | असोज २८, २०७९

काठमाडौँ- अर्बपति तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीले शक्तिको नजिकको बसेर व्यक्तिको रुपमा शक्तिको ...

विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानी कर्ता २ करोड रुपैयाँ कायम

इकागज | असोज २८, २०७९

काठमाडौँ- सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानी कर्ता २ करोड रुपैयाँ तोक्ने निर्ण...

थुनामा बस्नुपर्ने व्यक्ति चुनावी मैदानमा, उजुरी नपरेपछि उम्मेदवारी कायमै

इकागज | असोज २८, २०७९

महोत्तरी । निर्वाचन आयोगको जटिल नियमका कारण महोत्तरीमा कर्तव्य ज्यान मुद्दा खेपिरहेका उम्मेदवारले पन...