प्रमुख समाचार

नवौँ राष्ट्रिय खेलकुद : विजेता खेलाडीलाई पोखरा महानगरले नगद पुरस्कार दिने

इकागज | असोज २७, २०७९

कास्की - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको पोखरा महानगरपालिकाले प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक जित्ने महानगरका खेलाडीलाई नगदसहित सम्मान गरिने महानगरले जनाएको छ । महानगर प्रमुख धनराज आचार्यका अनुसार व्यक्तिगत विधातर्फ स्वर्ण, रजत र कास्यपदक विजेता खेलाडीलाई क्रमश : १५ हजार, १० हजार र पाँच हजार नगद सहितसम्मान पत्र प्रदान गरिने निर्णय भएको छ ।

कुनै पनि टिम खेलतर्फ विजेतालाई नगद पाँच/पाँच हजार दरले पुरस्कार प्रदान गरेर खेलाडीलाई प्रोत्साहित गरिने उनले बताए।

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले राष्ट्रिय खेलकुदमा महानगरका २०० खेलाडीले गण्डकी प्रदेशबाट ३२ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी दिए। 

गण्डकी प्रदेशका आठ जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका ३६ खेल सञ्चालन हुनेछन् । प्रतियोगिता औपचारिकरुपमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने भए पनि केही खेल असोज २३ देखि पोखरामा जारी छन् । प्रतियोगिताको उद्घाटन र समापन पोखरा रङ्गशालामा हुनेछ । 
 

मोरङका २२६ उम्मेदवारमध्ये ११ जनाले गरे उम्मेदवारी फिर्ता

बाबुराम भण्डारी | असोज २६, २०७९

विराटनगर । ६ वटा प्रतिनिधिसभा र १२ प्रदेशसभा क्षेत्रमा २२६ जनाले मनोनयन दर्ता गरेको मोरङमा ११ जनाले मा...

ओलीको पत्रले चितवन ३ का रामप्रसाद अधिकारीको उम्मेदवारी सूचीबाट हट्यो

इकागज | असोज २६, २०७९

चितवन- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौप...

पहिरो पीडित भन्छन्, ‘रातभर निद्रा लाग्दैन, पहिरोको आवाजले झस्काइरहन्छ’

इकागज | असोज २६, २०७९

रामपुर (पाल्पा) - गत असोजको २२ गते रातको करिब ३ बजेको थियो । ठूलो वेगले एक्कासि ड्याङडुङ्ग आवाज सुनेप...