प्रमुख समाचार

प्रतिनिधि तथा प्रदेश सभा सदस्य उम्मेदवारले स्वघोषणामा के-के विषय समावेश गर्नुपर्छ ?

इकागज | असोज २१, २०७९

काठमाडौँ- मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि तथा प्रदेश सभा सदस्य उम्मेदवारले स्वघोषणा गर्नुपर्ने भएको छ । मनोनयनपत्र दर्ता गराउने दिन उम्मेदवारले स्वघोषणा गर्नुपर्ने भएको हो ।

उम्मेदवारले नेपालको संविधानप्रति पूर्ण निष्‍ठावान रहेको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ । २५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ । मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ ।

आयोगका अनुसार उम्मेदवार कुनै पनि संघीय कानूनले अयोग्य नभएको हुनुपर्नेछ । नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको ।

सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको हुनुपर्नेछ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिमको अयोग्यता नभएको हुनुपर्नेछ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (३) बमोजिम कारबाही नभएको हुनुपर्नेछ । प्रतिनिधि सभा निर्वाचन २०७९ तथा प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको लागि कुनै दलको बन्द सूचीमा नरहेको हुनुपर्नेछ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ तथा प्रदेश सभा २०७९ निर्वाचनका लागि अन्य कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारको लागि मनोनयन पत्र पेश नगरेको हुनुपर्नेछ ।

उम्मेदवारले कुनै पनि सरकारी निकायलाई जिन्सी वा नगदी बुझाउँन बाँकी रहेको हुनु हुनेछैन । सरकारी पेश्की, बेरुजु तिर्न बाँकी नरहेको हुनुपर्नेछ । विदेशको स्थायी आवाशीय अनुमति पत्र नलिएको ( डीभी/पीआर)  हुनुपर्नेछ ।

न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय र जरिवाना तिर्न बाँकी नरहेको हुनुपर्नेछ । प्रचलित कानून बमोजिम कुनै सरकारी निकायलाई बुझाउनुपर्ने कर, राजश्‍व शुल्क र दस्तुर बुझाउँन बाँकी नरहेको हुनुपर्नेछ ।

उम्मेदवारले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिबद्ध रहेको हुनुपर्नेछ । नेपालको संविधान कानून र निर्वाचन ऐन नियमभित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको हुनुपर्नेछ ।

निर्वाचित भएको अवस्थामा मनोनयनपत्र साथ सिलबन्दी रुपमा पेश गरेको सम्पत्ति विवरण निर्वाचन आयोगबाट सार्वजनिक गर्न मञ्जुर भएको हुनुपर्नेछ ।

निर्वाचन क्षेत्र बाँडफाँटको निर्णायक वार्तामा पाँच दलीय सत्तारूढ गठबन्धन

इकागज | असोज २०, २०७९

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँच दलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँड...

स्वास्थ्य मन्त्रालयले भन्योः निरन्तर वर्षाले झाडापखाला, हैजा र डेंगीको खतरा बढ्यो सतर्क रहनू

इकागज | असोज २०, २०७९

काठमाडौँ-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर भएको केही दिनको निरन्तर वर्षाले झाडापखाला, हैजा ...

आफै प्रहरीकोमा उपस्थित हुन चाहन्थे सन्दीप, प्रहरीले मानेन (भिडिओ)

इकागज | असोज २०, २०७९

काठमाडौँ - नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको...

संघीय निर्वाचन : उम्मेदवार मनोनयनपत्र दर्ता के-के कागजात चाहिन्छ?

इकागज | असोज २०, २०७९

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलका लागि निर्वाचन...