प्रमुख समाचार

के मेस्सीको सहयोगमा अर्जेन्टिनाले कीर्तिमान बनाउला ?

इकागज | असोज १२, २०७९

काठमाडौँ- लियोनल मेस्सीले अर्जेन्टिनाका लागि एक सयौँ खेलमा जित हात पारेका छन् । मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोलअन्तरले पराजित गरेसँगै मेस्सीले अर्जेन्टिनाका लागि एक सयौँ खेलमा जित दिलाएका हुन् ।

अर्जेन्टिनाको जितमा मेस्सीले दुई गोल गरे । यो सँगै मेस्सीले अर्जेन्टिनाका लागि १ सय ६४ खेल खेल्दै ९० गोल पुरा गरेका छन् ।

अर्कोतर्फ यस जितसँगै अर्जेन्टिना लगतार ३५ खेलमा अपराजित रहेको छ र सर्वाधिक खेलमा अपराजित रहने कीर्तिमानको बराबरी गर्न केवल दुई खेलमा अपराजित रहनुपर्नेछ ।  

सर्वाधिक ३७ खेलमा अपराजित रहने कीर्तिमान इटालीको नाममा रहेको छ ।

बझाङका प्रकाश, जसले दुई वडावासीलाई अर्ग्यानिक तरकारी खुवाउँछन्

इकागज | असोज १२, २०७९

बझाङ- बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको ...

बडादसैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

इकागज | असोज १२, २०७९

काठमाडौँ- बडादसैँ एवं नवरात्रको तेस्रो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवी...

श्रम मन्त्रालयले भन्योः बेलायतमा नेपाली नर्सलाई सम्झौताअनुसार रोजगारी, बिचौलियाको पछि नलाग्‍नू

इकागज | असोज १२, २०७९

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतमा नेपाली नर्सहरूलाई रोजगारी प्रदान ग...