प्रमुख समाचार

कहाँ कस्तो रहला आजको मौसम ?

इकागज | असोज ११, २०७९

काठमाडौँ - हाल देशभर आंशिक बदली रही मधेश प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक-दुई स्थानमा  हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा  आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली  रहनेछ ।  

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य  बदली रहने महाशाखाले जनाएको छ । प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।


 

समानुपातिक विवाद सल्ट्याउन राप्रपाकाे बैठकमै चुनाव, राणा र लाेहनीमा काे अगाडि?

इकागज | असोज १०, २०७९

काठमाडौँ-  राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले समानुपातिक निर्वाचन पद्धतिको बन्दसूचीमा पहिलो न...

सडकमा मजदुरी गर्ने बालबालिका भन्छन् : चाडबाड आओस् कि चुनाव, हाम्रो पीडा कसैले सुन्दैनन्

इकागज | असोज १०, २०७९

महोत्तरी- चुनाव नजिकिँदै गएसँगै नेताका पुराना रटानहरू पुनरावृत्ति भइरहेका छन् । उनीहरूको भाषणलाई मात्...

नेपाल र बंगलादेशबीचको फुटबल हेर्न भिआइपी टिकटको मूल्य पाँच हजार

इकागज | असोज १०, २०७९

काठमाडौँ- असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका ...