प्रमुख समाचार

सवारी दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू

इकागज | असोज १४, २०७९

मकवानपुर- चाडपर्व नजिकिएसँगै सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उल्लंघन हुन थालेपछि टाइम कार्ड लागू गरिएको छ । 

सवारी दुर्घटनालाई न्यूनीकरण गर्न तथा सवारीको गति नियन्त्रण गर्न बागमती प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरूमा टाइम कार्ड लागू गरिएको छ । सिन्धुली जिल्ला हुँदै जाने विपि राजमार्ग स्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखिनै टाइम कार्ड लागू भएको छ । चाडपर्वलाई लक्षित गरी थप मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई आजदेखि लागू भएको हो । 

थप टाइम कार्ड लागू भएका राजमार्गहरूमा मुग्लिङ नारायणगढ खण्ड, पूर्व पश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, त्यसैगरी पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र विपि राजमार्गको मंगलटारदेखि काभ्रेमञ्ज्याङसम्म थप गरिएको हो । टाइम कार्ड लागू गरिएका उल्लेखित राजमार्गमा निश्चित दूरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाइएको बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बताए । 

यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले हेटौंडा १५ चुरियामाई पिपलचौतारा र मनहरी गाउँपालिका ७ मनहरीबाट पूर्व पश्चिम राजमार्ग रुटमा चल्ने यात्रुबाहक बसहरूमा पनि टाइम कार्ड लागू गरिएकाे छ ।
 

देश सङ्कटमा पर्दा पनि नेतृत्व गर्नेलाई कुनै मतलब छैन : पूर्वराष्ट्रपति यादव

इकागज | असोज १४, २०७९

काठमाडौँ- पूर्वराष्ट्रपति डा रामवरण यादवले निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताएका छन् । ...

काठमाडौं १ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा, राजसंस्थाको एजेण्डा लिएर जाने

इकागज | असोज १४, २०७९

काठमाडौं- राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने बताए...

क्रिकेट विश्वकप विजेताले १६ लाख डलर पाउने, अन्यको भागमा कति ?

इकागज | असोज १४, २०७९

काठमाडौँ- अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपका लागि इन्...

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा मेडिसिन विभागका यादवलाई हाजिर हुन निर्देशन

इकागज | असोज १४, २०७९

काठमाडौँ- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पतालको प्याथोलोजी तथा ल्याब मेडिसिन विभागमा ल्याब टेक्...

आजदेखि टिपर चलाउन निषेध

इकागज | असोज १४, २०७९

काभ्रेपलाञ्चोक- दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई...

मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिँदा घटनास्थलमै मृत्यु

इकागज | असोज १४, २०७९

चितवन- मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा खसेका व्यक्तिको ट्रकले कुल्चेर घटनास्थलमा नै मृत्यु भएको छ । ना...