क्रिकेट

क्रिकेट विश्वकप विजेताले १६ लाख डलर पाउने, अन्यको भागमा कति ?

इकागज |
असोज १४, २०७९ शुक्रबार १३:३५ बजे

काठमाडौँ- अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपका लागि इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले पुरस्कार राशी घोषणा गरेको छ ।

आईसीसीले जनाए अनुसार १६ लाख अमेरिकी डलर पाउने भएको छ । त्यसैगरी उपविजेता टोलीले ८ लाख अमेरिकी डलर पाउनेछ ।


सेमिफाइनलमा पराजित हुने दुई टिमले समान ४ लाख डलर पाउनेछन् । सुपर १२ मा स्थान बनाइसकेका अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, न्यूजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिकामध्ये सुपर १२ बाट बाहिरिने टिमले ७० हजार पाउनेछन् ।

त्यसैगरी, सुपर १२ तथा पहिलो चरणमा प्रत्येक एक खेल जितेमा ४० हजार डलर प्रदान गरिने आईसीसीले जनाएको छ । पहिलो चरणबाटै आउट हुने टिमले ४० हजार डलर पाउनेछन् ।


Author

थप समाचार
x