प्रमुख समाचार

देउवाकाे उम्मेदवारी आरजु राणाले दर्ता गराउने

६ पटक चुनाव जितेका देउवा सातौँ पटक उम्मेदवारी दिँदै

इकागज | असोज २३, २०७९

डडेल्धुरा - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उम्दमेवारी दर्ता गराउँदै छन्। उनले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।  

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदबारी दिँदै छन् । प्रधानमन्त्री देउवाको तर्फबाट उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले आज अपराह्न २ बजे मनोनयन दर्ता गराउने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । उम्मेदवारी दर्ताका लागि वारिसनामासहित प्रधानमन्त्री पत्नी डा राणा शनिबार बेलुका नै डडेल्धुरा आइपुगेकी छन् । 

प्रधानमन्त्रीमा देउवा डडेल्धुराबाट विसं २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनी त्यस यताका सबै आमनिर्वाचमा निर्वाचित हुँदै आएका छन् ।  ।

उनले प्रतिनिधिसभाका लागि भएको पछिल्लो २०७४ सालकोे निर्वाचनमा डडेल्धुराबाट नै छैटौँ पटक निर्वाचित भएका थिए। विसं २०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवा आसन्न निर्वाचनमा पनि डडेल्धुराका जनताको साथ, समर्थन र मायाले आफ्नो इतिहासलाई कायम राख्दै निरन्तरता दिने प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले बताइन् । 

उनले भूगोलमा मात्र नभएर विकासमा नै पछि परेको सिङ्गो सुदूरपश्चिम क्षेत्रको सामाजिक, आर्थिकलगायत समग्र उन्नयनमा नेपाली कांग्रेसको एक प्रतिनिधिका रुपमा शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनमा पुर्‍याएको उल्लेखनीय योगदानको स्मरण गरी उनलाई आगामी निर्वाचनमा पनि यहाँका नागरिकले पहिले जस्तै न्याय गर्नेमा आफू ढुक्क रहेको धारणा राखिन् ।   

यसअघि विसं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेलधुराबाट विजयी देउवा विसं २०६४ मा कञ्चनपुर– ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी भएका थिए । 

उनी विसं २०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका थिए । सिं २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो । 

त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । आगामी मङ्सिर ४ गतेको निर्वाचनमा भने देउवालाई हालको सत्ता साझेदार गठबन्धनको पनि समर्थन रहेको छ । देउवासँगै तीन पटक प्रतिस्पर्धा गरेका नेकपा माओवादीका खगराज भट्ट अहिले प्रदेशसभाका लागि गठबन्धनबाटै चुनाव लड्दै छन्  । 

डडेल्धुरा जिल्ला जहिले पनि प्रजातन्त्रका पक्षमा उभिएकाले प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटै क्षेत्रमा अहिले पनि गठबन्दनका नेताले जित हासिल गर्ने कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँदले बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामात्र नभएर सिङ्गो सुदूरपश्चिमको विकासमा आफ्नो जीवनकाल खर्चिएकाले उनले उम्मेदवारी दिएपछि यहाँका नागरिकमा अर्काे कुनै विकल्प नहुने धारणा राखे । नेपाली कांग्रेसलगायत सत्ता गठबन्धन दलले उम्मेदवारी दर्ताको समय आज २ बजेका लागि तय गरिएको जनाएका छन् । रासस
 

कञ्चनपुरमा नेकपा एसले गठबन्धनसँग मित्रवत प्रतिष्पर्धा गर्ने

इकागज | असोज २३, २०७९

धनगढी- कञ्चनपुमा सत्तारुढ गठबन्धनबाट बाहिरिने निर्णय गरेको नेकपा एकीकृत समाजवादीले प्रदेश सभामा मित्रवत...

मोरङ-२ मा मिनेन्द्र 'आउट', गिरिजापुत्रीले पाइन् टिकट

बाबुराम भण्डारी | असोज २३, २०७९

विराटनगर - मोरङको क्षेत्र नम्बर २ मा सुजता कोइरालाले टिकट पाएकी छन् । अघिल्लो पटक सोही क्षेत्रबाट निर्वाच...

जोशीले डडेल्धुराको प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारी दिने

इकागज | असोज २३, २०७९

काठमाडौँ- प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा एकीकृत समाज...

उहाँको दिवंगत पिता र मेरो जीवित पिताको आशिर्वाद लिएर प्रचण्डको उम्मेदवारी दर्ता गर्न सँगै गोरखा लाग्यौँ : बाबुराम

इकागज | असोज २३, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी दर्ता गर्न नेपाल समाजवादी पार्...

रानाको टिकट खोसियो, कमल थापा सूर्य चिह्नबाट चुनाव लड्‍ने भएपछि एमाले कार्यकर्ता आक्रोशित

इकागज | असोज २३, २०७९

मकवानपुर - राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा अन्ततः मकवानपुरको प्रतिनिधि सभा १ बाट सुर्य चिह्न लि...