प्रमुख समाचार

सन्दीपलाई म्याद थपका लागि जिल्ला अदालतमा आज उपस्थित गराइँदै

इकागज | असोज २४, २०७९

काठमाडौँ- नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।

दसैं बिदाका कारण अदालत बन्द रहेकाले सोमबार मात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो। कतारको दोहाबाट बिहीबार बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो। सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखिएको छ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो । 

हिमाल शर्माको चेतावनी : कांग्रेसले काठमाडौँ- ६ मा दम्भ देखाए भोट हाल्दा स्वतन्त्र हुन्छौँ

इकागज | असोज २४, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले पार्टीले अन्य क्षेत्रमा गएर उम्मेदवार हुन गरेको प्रस्त...

उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ मा राई र दाहालको स्वतन्त्र उम्मेदवारी

इकागज | असोज २४, २०७९

उदयपुर- मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुरको निर्बाचन क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फ...

जसपालाई दिएको मोरङको दुईवटा प्रदेशसभाको सिटमा एमालेकै उम्मेदवारी

इकागज | असोज २३, २०७९

विराटनगर । जनता समाजवादी पार्टीसँग तालमेल भएको मोरङको दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेकै उम्मे...