प्रमुख समाचार

तनहुँ क्षेत्र नं १ मा रामचन्द्र पौडेल

इकागज | असोज २३, २०७९

तनहुँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले दुवै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ । शनिबार राति मात्रै कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो । 

कांग्रेसले तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै क्षेत्र नं २ मा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । क्षेत्र नं २ का कारण उम्मेदवार चयनमा ढिलाइ भएको कांग्रेस तनहुँले जनाएको छ । 

कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्‍याएको छ । कांग्रेसले प्रदीप पौडेललाई काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । विसं २०७४ को निर्वाचनमा पौडेल र भण्डारी पराजित भएका थिए ।

गठबन्धन फेरिँदा धनुषामा पूर्व मन्त्री र निवर्तमान सांसदले पाएनन् टिकट

सुभाष कर्ण | असोज २२, २०७९

जनकपुरधाम । चुनावी तालमेलले गर्दा धनुषाका दुई दिग्गज नेता उम्मेदवार हुनबाट वञ्चित भएका छन् । सत्ता...

गोरखा-२ बाट प्रचण्डको उम्मेदवारी ठुलो सांकेतिक महत्वको छ, शानदार जितको शुभकामना : बाबुराम

इकागज | असोज २२, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउन...