प्रमुख समाचार

प्रचण्डले भने- आगामी निर्वाचन हाम्रा लागि जीवन-मरणको सवाल हो

इकागज | कात्तिक २, २०७९

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरमा हुने चुनाव सामान्य भोट हाल्ने चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको लडाइँ भएको बताएका छन् ।

प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको मिलन स्मारिका विमोचनका क्रममा बुधबार बिहान उनले आगामी निर्वाचन आफूहरूका लागि मात्र नभएर नेपाली जनताकै जीवन–मरणको सवाल भएको बताए ।

‘४ मंसिरमा दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धाराको बीचमा ब्याटल हुँदै छ वास्तवमा। यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अझ अगाडि बढ्न चाहने दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धारा जे भने पनि दुइटा शक्ति आमनेसामने छन्’, अध्यक्ष प्रचण्डले भने ।

आगामी निर्वाचनलाई आफूलाई सामान्य निर्वाचनका रूपमा मात्र लिने छुट नभएको उनले स्पष्ट पारे । प्रचण्डले चुनाव जनक्रान्ति र जनयुद्धका उपलब्धि रक्षा गर्ने त्यो उल्ट्याउन खोज्नेबीचको लडाइँ जस्तो भएको उल्लेख गरे । माओवादीसँग हिजो जस्तो फौज नभएकाले शान्तिपूर्ण प्रतिस्पर्धाबाटै आफ्नो श्रेष्ठता साबित गर्नुपर्ने चुनौती रहेको उनको भनाइ थियो ।

‘हामीसँग हिजोको जस्तो फौज त छैन । हामी शान्तिपूर्ण प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता साबित गर्ने चरणमा छौं’, अध्यक्ष प्रचण्डले भने, ‘समाजवादको उद्देश्य प्राप्तिका निम्ति नयाँ तरिकाको बाटो कोर्दै छौं ।’

चोट र घाउलाई चुनौती दिँदै सन्तोषीले जितिन् दोस्रो स्वर्ण

सञ्जीव शाह | कात्तिक २, २०७९

पोखरा- बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सतर्फ दोस्रो स्वर्ण पदक हात ...

संघ र प्रदेशमा दर्ता गरी व्यवसाय गरिरहेकाले काठमाडौँ महानगरमा पनि दर्ता गर्नुपर्ने

इकागज | कात्तिक २, २०७९

काठमाडौँ- अबदेखि संघ र प्रदेश सरकारबाट इजाजत लिएर व्यवसाय गरिरहेकाहरूले काठमाडौँ महानगरपालिकाम...

समानुपातिकको मतपत्र सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा पुर्‍याइयो

इकागज | कात्तिक २, २०७९

सप्तरी- जिल्ला निर्वाचन कार्यालय सप्तरीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाको चारवटै निर्वाचन...

कस्तो रहला आजको मौसम ?

इकागज | कात्तिक २, २०७९

काठमाडौं - मनसुन बाहिरिएसँगै मुलुकका पश्चिमी पहाडी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ ।&nb...

मोहन बस्नेतको घोषणा : पाँच वर्षमा १५ सडक, सिन्धुपाल्चोक ‘वाइफाइ फ्रि जोन’

इकागज | कात्तिक १, २०७९

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक–२ का उम्मेदवार मोहनबहादुर बस्न...

प्रधानमन्त्री कार्यालयलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

इकागज | कात्तिक १, २०७९

काठमाडौँ- निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनको ...

संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा आबद्ध दलहरूलाई मतदान गर्न सत्ता गठबन्धनको अपील

इकागज | कात्तिक १, २०७९

काठमाडौँ- सत्ता गठबन्धनमा आबद्ध दलहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा आबद्ध दलहरूला...