प्रमुख समाचार

आज खण्डग्रास सूर्यग्रहण : कुन राशिलाई कस्तो योग ?

इकागज | कात्तिक ८, २०७९

काठमाडौँ- आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए । 

‘मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । कात्तिक कुष्ण औंसीको दिन लाग्ने यो ग्रहणलाई चमत्कारी ग्रहण पनि मानिएको छ । पर्व विशेषको कारणले यो ग्रहणको धेरै दोष हुँदैन’ उनले भने । 

दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण करिब ३२ मिनेट मात्र लाग्ने भएकाले यसलाई शुभ ग्रहणको रुपमा पनि लिइएको जानकारी दिएका उनले सूर्यास्तसँगै ग्रहण सकिए पनि दोष भने साँझ ७:३० बजेसम्म रहने बताए । नेपालमा ४ बजेर ५२ मिनेटमा लाग्‍नेछ भने अन्य देशमा भने साँझ साढे ७ बजेसम्म रहनेछ ।

सूर्य ग्रहणको सूतक १२ घण्टा अगाडिबाटै बार्नुपर्ने भएकाले मंगलबार बिहान ४ बजेर ५२ मिनेटदेखि कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्‍न खान नहुने शास्त्रीय मान्यता रहेको ज्योतिषी रिजालले बताए । 

उनका अनुसार १२ घण्टाको अन्तरालमा बालक, वृद्धवृद्धा र अशक्त, बिरामीहरुले भने अन्न खान मिल्नेछ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यानलगायतका  साधना गरेमा शुभ हुने धार्मिक विश्वास छ ।  

सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गमा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशि भएकालाई सुख, मिथुन राशि भएकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ । यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ । 

कुम्भ राशि भएकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ ।

आज गाई तिहार

इकागज | कात्तिक ८, २०७९

काठमाडौँ- कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुर...

ओनसरी घर्तीकाे प्रतिबद्धता : अब निर्वाचन क्षेत्र परिवर्तन गर्दिनँ

इकागज | कात्तिक ७, २०७९

काठमाडौँ- सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीले आफूले अब नि...

प्रमुख निर्वाचन आयुक्त भन्छन् : पद, पैसा, पहुँच र प्रलोभनबाट निर्वाचन प्रभावित हुनु हुँदैन

इकागज | कात्तिक ७, २०७९

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन...

महोत्तरीमा गठबन्धनविरुद्ध बागी बनेका ढुंगानाको उम्मेदवारी निष्क्रिय

इकागज | कात्तिक ७, २०७९

महोत्तरी- महोत्तरी १ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका राजन ढुंगानाले आफ्नो उम्मेदवारी ...