प्रमुख समाचार

विपद्‌मा दोब्बर असुल्दै निजी एयरलाइन्स

जुम्ला-नेपालगन्जको भाडा प्रतिव्यक्ति १४ हजार रुपैयाँ

इकागज | असोज ३०, २०७९

जुम्ला - अविरल वर्षाका कारण जुम्लामा बाढीपहिरोले ठूलो क्षति भएको छ । ठाउँठाउँमा गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध छ । राजमार्ग खुलाउन सबै निकाय लागेका छन् । यद्यपि, राजमार्ग पूर्ण रुपमा सञ्चालन  हुन लामो समय लाग्ने प्रष्ट छ । 

यही मौका छोपेर निजी वायु सेवा कम्पनीहरूले भने मनलाग्दी भाडा असुली रहेका छन् । अहिले जुम्लाको एक मात्रै यातायात सेवा भनेको हवाइ उडान मात्रै हो । यही मौकामा उनीहरूले नियमित उडान नभरेर चार्टर्ड उडान सुरु गरेका छन् । 

एकतर्फी मात्रै यात्रु हुने र सञ्चालन खर्च धान्न नसक्ने भन्दै वायुसेवा कम्पनीहरूले  अत्यधिक भाडा लिएर टिकट बिक्री गरिरहेको स्थानीयको गुनासो छ । लोकसेवा आयोगको परीक्षा दिने विद्यार्थीहरूले  जुम्लाबाट नेपालगन्जको प्रतिव्यक्ति १४ हजार रुपैयाँसम्म भाडा तिर्दा पनि टिकट नपाएको गुनासो गरेका छन् ।

परीक्षा  दिने विद्यार्थी, गम्भीर बिरामी र विभिन्न प्रतियोगितामा भाग लिने खेलाडीलाई प्रथामिकता दिएर उडाउन भर्न जुम्ला प्रशासनले सूची बनाएको थियो । त्यही प्राथमिकताका आधारमा  प्रशासनले प्रवेश पत्र मागेर लोक सेवा आयोगको  परीक्षा दिन मिति  हेरेर विद्यार्थी हवाईजहाजमा पठाएको थियो । जसमा ३८ जना विद्यार्थी, १३ जना खेलाडी, दुई जना बिरामी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । 

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले हिमा गाउँपालिका राहत पुर्‍याउन आएको  सेनाको हेलिकोप्टरलाई अनुरोध गरी ६ जना एसडिबीमा परीक्षा दिने विद्यार्थी पठाएको बताए । केही भिसा लागेका, बिरामी र विद्यार्थी पठाएको हो । उनले भने, 'प्रशासनले जहाजको टिकट बाँड्ने होइन । गुनासो गर्न आएका नागरिकको समस्या समाधानको लागि  एयरलाइन्ससँग अनुरोध गरेको हो ।'

जुम्लामा यतिवेला मात्रै नभइ लामो समयदेखि हवाइ सेवा प्रदायकको टिकट बुकिङ एजेन्टमार्फत हुँदा नागरिकले सास्ती पाएका छन् । एजेन्टमार्फत टिकट वितरण हुने प्रणालीका कारण तालिका (सेड्यूल)अनुसार उडान हुने फाइदा नागरिकले लिन नपाएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनका अनुसार जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत् हुने भए पनि अन्य निजी विमान कम्पनीहरूले एजेन्टमार्फत टिकट बिक्रीवितरण गर्दा यसको फाइदा नागरिकले लिन नपाएकाले  हुन् । 

नियमित उडानभन्दा चार्टड उडानको धन्दा बढी 
नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार अक्टोबर महिनाको १५ दिनमा समिट एयरले  सात वटा  उडान भरेको छ । जसमा चार वटा नियमित र तीन वटा चार्टड उडान गरेको छ । तारा एयरले  चार वटा उडान भरेको छ भने जसमा एक चार्टड  उडान गरेको छ । नेपाल एयरलाइन्सले एक वटा उडान मात्रै गरेको छ । 

जुम्लाबाट सेडुल उडानमा यात्रा गर्ने यात्रुको भाडादर ६ हजार नौ सय  छ । तर, चार्टड उडानका लागि १४ हजार तिर्ने गरेका छन् । यस्तै नेपाल एयरलाइन्सले ६ हजार ५ सय ७५ रुपैयाँ लिँदै आएको छ । 

यस्तो छ सेडुल उडान 
नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिकाअनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरको शुक्रबार उडान भर्नुपर्ने तालिका (सेड्यूल) छ।

यस्तै, नेपाल एयरलाइन्सले आइतबार उडान भर्नु पर्छ। तर, पछिल्लो समयमा नेपाल एयरलाइन्सले आइतबार उडान भर्ने सेड्यूल  कागजमै सिमित छ । जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने नेपाल एयरलाइन्सले महिना तीन वटा मात्रै उडान भर्ने गरेकाले जुम्ली जनता निजी यर लाइन्सको महँगो हवाई भाडा तिर्न बाध्य छन्।  न्युज कारखाना

घोषणापत्र निर्माणमा केन्द्रित एमाले, अन्तिम रूप दिन अध्यक्ष ओली लाँकुरीभन्ज्याङमा

इकागज | असोज ३०, २०७९

काठमाडौं - संसदीय निर्वाचन नजिकिएसँगै प्रमुख प्रतिपक्षी एमाले घोषणापत्र निर्माणमा केन्द्रित भएको छ । ...

प्रचण्ड र सिके राउतसहित ६ जना व्यक्ति र ८ संस्थालाई निर्वाचन आयोगले साेध्याे स्पष्टीकरण

इकागज | असोज २९, २०७९

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ जना व्यक्ति र ८ संस्थालाई स्पष्टीकरण सा...

नयाँ कीर्तिमान रच्दै पाैडीमा सेनाका नासिर र डुवानाले जिते स्वर्ण

इकागज | असोज २९, २०७९

काठमाडौं। नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गतकाे २२औं राष्ट्रिय पौडी च्...

चुनावी घोषणापत्र तयारीका लागि एमाले अध्यक्ष ओली लाकुरी भन्ज्याङमा [तस्बिरसहित]

इकागज | असोज २९, २०७९

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली​ मंसिर ४ गते हुने निर्वाचन केन्द्रित पार्टीक...