प्रमुख समाचार

नेपाल शेख रसेल कप चेसको सुपर लिगमा श्रीलंकासँग पराजित

इकागज | कात्तिक ३, २०७९

काठमाडौँ- नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको सुपर लिगमा श्रीलंकासँग ३–१ ले पराजित भएको छ । 

बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत बुधबार सम्पन्न सुपर लिगको दोस्रो खेलमा नेपालका लागि सिंगेश्वर दासले मात्र जीत हात पारे । 

नेपाली टिमका लागि तेस्रो बोर्डमा प्रतिष्पर्धा गरिरहेका दासले श्रीलंकाविरुद्ध दुबै चरणका खेलमा लगातार व्यक्तिगत स्कोर गरेका हुन् । आफूभन्दा उच्च वरियताका श्रीलंकाली खेलाडी कालुआराचि अचिन्था सामेन विरुद्ध लिग चरणको खेलमा बराबरीको नतिजा निकालेका सिंगेश्वर सुपर लिगमा जित हासिल गर्न सफल भए ।

नेपालका लागि पहिलो बोर्डमा प्रतिष्पर्धा गरेका फिडेमास्टर रिजेन्द्र राजभण्डारी श्रीलंकाली ईन्टरनेशनल मास्टर डि सिल्भा एलएमएसटीसँग पराजित भए । दोस्रो बोर्डको खेलमा नेपाली फिडेमास्टर विलमलाल श्रेष्ठले श्रीलंकाली फिडेमास्टर रनिन्दु दिलसान लियानागेसँग हार व्यहोरे भने चौथो बोर्ड खेलमा राजेन्द्र बज्राचार्यले श्रीलंकाली लिसरा समाधिथ तेनाकुनसँग हार व्यहोरे ।  

मंगलबारबाट शुरु भएको सुपर लिगको पहिलो खेलमा बंगलादेशलाई २–२ को बराबरीमा रोक्न सफल श्रीलंका टोली दुई खेलबाट ३ अंक जोड्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ । त्यसैगरी बंगलादेश १ अंकका साथ दोश्रो स्थानमा रहेको छ भने अंकविहिन नेपाल तेश्रो स्थानमा रहेको छ । सुपर लिगको तेश्रो खेलमा बिहिबार नेपालले बंगलादेशको सामना गर्नेछ ।

नेपाल र बंगलादेशको नतिजाले च्याम्पियनशीपको विजेता टुंगो लगाउनेछ । नेपाल र बंगलादेश बिचको खेल बराबरीमा टुंगीए श्रीलंका च्याम्पियन हुनेछ । तीन ग्राण्डमास्टर तथा दुई ईन्टरनेशनलमास्टर सम्मिलित आयोजक बंगलादेशले यसअघि लिग चरणको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गरेको थियो ।

‘फ्रि-भिसा र टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्न ओलीको माग

इकागज | कात्तिक २, २०७९

झापा । एमाले अध्यक्ष केपी ओलीले चुनावको मुखमा फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्नुपर्...

अख्तियारद्वारा महेन्द्रनगरका तत्कालीन नगर विकास समिति अध्यक्षसहित ३७ जनाविरुद्ध मुद्दा

इकागज | कात्तिक २, २०७९

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालिन अध्यक्ष गोपा...

सूर्यमा मतदान नगरे चुनावपछि कार्यकर्ता नै नरहने राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी

इकागज | कात्तिक २, २०७९

काठमाडौं- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा एमालेको सूर्यमा भोट नहाले...

म केको लागि फिट छु भन्‍ने मेरो अनुभव र विगतका गतिविधिले देखाउँछ : प्रकाशमान सिंह

इकागज | कात्तिक २, २०७९

काठमाडौँ - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै ...