प्रमुख समाचार

निर्वाचन प्रचारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन आयोगको निर्देशन

इकागज | असोज ३१, २०७९

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरू तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ ।

सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन्। उनले उम्मेदवारहरूले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरे । उनले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरूलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरे ।

सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन निर्वाचन चिह्नको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख भएकाले सोही अनुरूप काम गर्न पनि आग्रह गरे । त्यस्तै उनले कुनै पनि बहानामा भोजभतेर गराउन नपाइने  बताए । उनले खेलकुद, पुरस्कार वितरण लगायतका कार्यक्रमहरूमा राजनीतिक आबद्धता देखाउनु नहुने पनि उल्लेख गरे ।

सचिव दुवाडीले सरकारी कर्मचारीले कुनै पनि उम्मेदवारको पक्ष अथवा विपक्षमा मत जायर गर्न नपाउने आचारसंहितामा व्यवस्था भएकाले कसैले त्यसो गरेको भेटिएमा सो कार्य रोक्न लगाउनुपर्ने बताए । उनले सम्बन्धित कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउँदा पनि आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही नभएमा प्रमुख जिल्ला अधिकारीले कारबाही गर्न सक्ने बताए । उनले प्रमुख जिल्ला अधिकारीलाई अप्ठ्यारो परेको खण्डमा निर्वाचन आयोगमा सम्पर्क गर्न पनि अनुरोध गरे ।

उनले स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षाको काम गर्न आग्रह गरे । जिल्लामा प्रमुख जिल्ला अधिकारीको सहभागितामा मतदाता शिक्षा जिल्लास्तरीय समितिको व्यवस्था भएको र सोही समिति अन्तर्गत मतदाता शिक्षाको काम अगाडि बढाउनुपर्ने बताए । त्यस्तै कर्मचारीहरूलाई निर्वाचनमा स्वच्छता कायम गराउन चुकेको आरोप लाग्ने गरेको भन्दै उनले त्यस्तो आरोपबाट मुक्त हुनेगरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले कसैले निर्वाचनमा खलल पुग्ने खालको गतिविधि गरेमा कानुनी अधिकार प्रयोग गरी नियन्त्रण गर्न र कारबाहीको दायरमा ल्याउन निर्देशन दिए । सचिव दुवाडीले यसरी नियन्त्रण तथा कारबाही गरेका कुराहरू नागरिकसम्म पुर्‍याउन समाचार सम्प्रेषणमा ध्यान दिनपनि आग्रह गरे ।

आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न हात नकमाउनूस्ः आयुक्त भण्डारी

इकागज | असोज ३१, २०७९

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधि...

मतपेटिका ढुवानीमा सकेसम्म सुरक्षा निकायको सवारीसाधन प्रयोग नगरौँः महानिरीक्षक अर्याल

इकागज | असोज ३१, २०७९

काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी सा...

निर्वाचन अधिकृतको कार्यालयले कायम गर्‍याे राजु गुरुङको उम्मेदवारी

इकागज | असोज ३१, २०७९

बुटवल- सर्वोच्च अदालतको आदेशपछि रुपन्देही क्षेत्र न. २ निर्वाचन अधिकृतको कार्यालयले राजु गुरुङको उम्...

सिरहामा प्रहरी कुटपिटकाे विरोधमा चक्का जाम, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार

इकागज | असोज ३१, २०७९

सिरहा- पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा स्थानीयवासीले नाराजुलुससहित चक्काजाम गरेका छन् । मि...

उम्मेदवारले आफू राम्रो र अरु नराम्रो भनेर प्रचारप्रसार गर्न पाइँदैनः आयुक्त भण्डारी

इकागज | असोज ३१, २०७९

काठमाडौँ - निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न उम्मेदवारलाई आग्रह गरेको छ । उम्मे...

सङ्कटमा मादल व्यवसाय

इकागज | असोज ३१, २०७९

ढोरपाटन - बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन् । उनले मादल बनाएर जीविकोपार्जन...