समाज

तिहार र छठमा प्लाष्टिकजन्य सामग्रीको फूल बिक्री गर्न नपाइने

इकागज |
कात्तिक ३, २०७९ बिहीबार ८:२४ बजे

काठमाडौँ- सरकारले तिहार र छठमा प्लाष्टिकजन्य सामग्रीका फूलहरू बिक्री वितरणमा रोक लगाएको छ । वातावरण विभागले अनुगमनको क्रममा प्लाष्टिकजन्य सामग्री बिक्री वितरण गरेमा १५ देखि २० हजार रुपैयाँ जरिवाना गर्ने भएको छ ।

वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ देखि २० हजार रुपैयाँ जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना गरिने विभागले जनाएको छ ।



Author

थप समाचार
x