प्रमुख समाचार

चार वर्षीय बालक अपहरण आरोपमा चितवनबाट भारतीय महिला पक्राउ

इकागज | असोज ५, २०७९

भरतपुर- चार वर्षीय बालक अपहरण गरेको आरोपमा चितवन प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रहसी गाउँ घर भएकी ३८ वर्षीया अनिता पाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका–१७ गञ्जनगर घर भएका चार वर्षीय बालकलाई पालले मंगलबार दिउँसो ललाइफकाइ लैजान लागेकी थिइन् । 

पालको व्यवहार शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्दा बालकको अपहरण गरी लैजान लागेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी पालविरुद्ध चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा चार दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न मिल्दैन : झलनाथ खनाल

इकागज | असोज ५, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संवैधानिक दायित्व पूरा नगर्ने रा...

खरिदारले आफू र नाबालक छोराको खातामा सामाजिक सुरक्षा भत्ता राखेपछि...

इकागज | असोज ५, २०७९

काठमाडाैँ- सामाजिक सुरक्षा भत्ता आफू र आफ्नै नाबालक छोराको खातामा जम्मा गर्ने एक खरिदार भ्रष्टाचारक...

नेपाल र जापानबीच तराई सिंचाई र सहरी प्रसारण प्रणाली सुधारका दुई सम्झौतामा हस्ताक्षर

इकागज | असोज ५, २०७९

काठमाडौँ- नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना...

राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको गठबन्धनको ठहर

इकागज | असोज ५, २०७९

काठमाडौँ - सत्तारूढ गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक...