प्रमुख समाचार

व्यवसायी र संघसंस्थालाई काठमाडौं महानगरले दियो ३० दिने अल्टिमेटम

इकागज | असोज ७, २०७९

काठमाडौं - अनुमतिविनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई पनि चेतावनी दिएको छ । केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क नबुझाएको भन्दै महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन भनेको छ ।

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय  खुल्ने  नाम  भएको)  राखे  बापत  महानगरपालिकालाई  बुझाउन  पर्ने  परिचय  पाटी  शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ । 

सो अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी  महानगरपालिकाले  तत्काल  हटाउने महानगरले भनेको छ । 

गोकुल बास्कोटा भन्छन्- वर्तमान राष्ट्रपतिले सोझै राजनीतिक नेतृत्व गरे राम्रो हुन्थ्यो

इकागज | असोज ६, २०७९

काठमाडौँ - नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन सुझाव दि...

भिसा लिन नक्कली प्रमाणपत्र, डिभी परेका सातजना अमेरिकी दूतावासबाटै पक्राउ

इकागज | असोज ६, २०७९

काठमाडौं - नक्कली शैक्षिक प्रमाणपत्रसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ । बुधबार नक्कली शैक्षिक प्रमाण...

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार यादवलाई कामकाजमा रोक

सुभाष कर्ण | असोज ६, २०७९

जनकपुरधाम- मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोदकुमार यादवलाई कामकाज गर्नमा उच्च अदालत ज...

इकागजका प्रधानसम्पादक थापा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट पुरस्कृत

इकागज | असोज ६, २०७९

काठमाडौँ- इकागजका प्रधानसम्पादक हरिबहादुर थापा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट पुरस्कृत भ...