Ekagaj Logo
२० कात्तिक २०८१, मंगलबार
(Tuesday, 05 November, 2024)

प्रमुख समाचार

पैँतीस तोला सुन र ११ लाखसहित पर्वतबाट भरत पक्राउ

इकागज | फागुन १८, २०८०

पर्वत - विभिन्न जिल्लामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई यहाँबाट प्रहरीले पक्राउ गरेको छ । रोल्पाको रोल्पा नगरपालिका–१ का ३३ वर्षीय भरत परियार पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट बिहीबार राति २ बजे प्रहरीले पक्राउ गरेको हो । 

 स्थानीय शर्मिला पौडेलले सञ्चालन गर्दै आएको आशिक एन्ड आशिका किराना पसलबाट रु १० लाख १७ हजार नगद, रु १२ हजार बराबरको रिचार्ज कार्ड, चोरी गर्दै गर्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी नायब उपरीक्षक खुमलाल भुसालको टोलीले पक्राउ गरेको हो । 

 उनका साथबाट प्रहरीले ३५ तोला ७२ लाल सुन, रु ११ लाख १५ हजार चार सय ८५ नगद,  नेपाल टेलिकम र एनसेलका ४२ थान रिचार्ज कार्ड बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी चोरीमा संलग्न व्यक्ति र बरामद गरिएको सामान सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालका अनुसार चोरी गर्ने व्यक्तिबाट दुई थान मोबाइल, नेपालको नक्सा एक थान, नेपालको सडकको नक्सा एक थान, हसिया एक थान, निजको नागरिकता, वायरलेस सिसी टिभी क्यामेरा एक थान, हार्डडिक्स एक थान र एलइडी मनिटर एक थान बरामद गरिएको छ ।

 त्यसैगरी चोरी गर्न प्रयोग गरिएको ह्याम्बर, स्क्रुड्राइभर, जीआई पाइप, टर्च विभिन्न चाबीका झुप्पाहरु, चोरी गर्दा प्रयोग गरिने बालक्याप, पञ्जा, पावरबैङ्क, डिजिटल तौल मेसिन बरामद गरिएको छ । 

अभियुक्त परियार यसअघि २०६९ सालमा प्रहरी वृत्त नयाँ बानेश्वरमा चोरी मुद्दामा चार वर्ष कैद भुक्तान गरी २०७३ सालमा छुटेको पाइएको छ । सुरुमा केन्द्रीय कारागार काठमाडौँ र पछि झुम्का कारागार सुनसरीमा बसेको तथा त्यहाँ बस्दा आपराधिक व्यक्तिसँग सम्पर्क बढाई जेलबाट छुटिसकेपछि गिरोहको रुपमा चोरी गर्न थालेको बयान परियारले प्रहरीलाई दिएको छ । 

परियारलाई आज नै जिल्ला अदालतमा चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी १० दिनको म्याद लिएर अनुसन्धान कार्य सुरु गरिएको प्रहरी नायब उपरीक्षक भुसालले जानकारी दिए ।  
 

काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम २०८३ चैत मसान्तभित्र सक्ने सरकारको दाबी

इकागज | फागुन १८, २०८०

काठमाडौँ - सरकारले काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम २०८३ चैत मसान्तभित्र सम्पन्न हुने दावी गरे...

संसद्‌मा नभएका मान्छे असार १५ गते प्रधानमन्त्री बन्छु भन्दै हिँडेका छन् : केपी ओली

इकागज | फागुन १८, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‌मा एकसिट पनि नभएका व्यक्तिहरू प्रधानमन्त्री बन्...

बृन्दावन नगरका मेयर कुर्मीको सम्पत्ति कामना सेवा विकास बैंकले लिलामीमा चढायो

इकागज | फागुन १८, २०८०

काठमाडौँ- बृन्दावन नगरपालिकाका प्रमुख विनोद प्रसाद कुर्मीले कामना सेवा विकास बैंकको ऋण नतिरेपछि लिलाम...

बालिका मृत्यु प्रकरण: पोष्टमर्टमका लागि शव टिचिङमा, परिवारले चितवनमा पोष्‍टमार्टम गर्न मानेनन्

इकागज | फागुन १८, २०८०

काठमाडौँ- चितवनको छात्रावासमा १४ वर्षीया बालिका सालिन पोख्रेलको मृत्यु भएपछि शवको पोस्टमार्टम...

कांग्रेस एक्लैले राष्ट्रियसभा अध्यक्ष बनाउन सक्दैन, गठबन्धनमा छलफलपछि मात्रै टुंगो लाग्छ : सभापति देउवा

इकागज | फागुन १८, २०८०

चितवन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन् । भ...

बेलबारी सवारी दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो

इकागज | फागुन १८, २०८०

उर्लाबारी- पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी ...

भरतपुर ‘हेल्थ हब’का रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | फागुन १८, २०८०

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ &ls...

वैज्ञानिकहरूको चेतावनी : ३ डिग्री मात्रै तापक्रम बढेमा ८० प्रतिशत हिमाल हिउँरहित हुन्छ

इकागज | फागुन १८, २०८०

लन्डन- बदलिँदो मौसमको चपेटामा विश्व नै परिरहेको छ र ग्लोबल वार्मिङका कारण देशहरूमा संकट गहिरिँदै गएको...

कीर्तिमानी पर्वतारोहीद्वारा इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धन

इकागज | फागुन १८, २०८०

कायरो (इजिप्ट )- नेपाली राजदूतावास कायरोको आयोजनामा फेब्रुअरी २८ तारिखका दिन हिमालमा प्रकृति र साहसी...