प्रमुख समाचार

पर्साको ग्रामीण भेगमा आतंक मचाउने बाघ नियन्त्रणमा

इकागज | चैत २, २०८०

वीरगञ्ज- पर्साको जिल्लाको ग्रामीण भेगमा आतंक मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ ।

विगत एक महिनादेखि जिल्लाको उतरी ग्रामीण भेगमा आतंक मच्चाएको बाघ नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय पर्साले जनाएको हो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्जको प्राविधिक टोलीले सखुवाप्रसौनी गाउँपालिका–२ स्थित उखुबारीबाट उक्त बाघलाई ‘ डार्टगन’ प्रयोगगरी नियन्त्रणमा लिएको हो ।

दुवै निकुञ्जका टोलीलाई बाघ नियन्त्रणका लागि तीन वटा हात्तीमा १० दिन देखि खटाइएको जिल्ला वन कार्यालयका प्रमुख हेमन्त साहले जानकारी दिए । साहका अनुसार हिजो दिउँसो प्राविधिक टोलीले भाले पाटे बाघलाई डार्टगन प्रहार गरी नियन्त्रणमा लिएको हो । सखुवाप्रसौनी र पटेर्वासुगौली गाउँपालिकाको राष्ट्रिय वनसँग नजिक रहेको गाउँमा एक महिना यता बाघले आतङ्क मच्चाएको थियो । बाघ हिँड्ने सम्भावित क्षेत्रमा सीसीटीभीसमेत जडान गरिएको थियो ।

बुधबार राति सीसीटीभीमा रेकर्ड भएको फुटेजका आधारमा बिहीबार दिउँसो उखुबारीमा बाघ फेला परेपछि डार्ट हानेर बेहोस पारिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिइएको बाघलाई गाडीमा राखेर चितवन राष्ट्रिय निकुञ्जमा लगिएको वन कार्यालय प्रमुख साहले बताए । दिनदहाडै बस्तीमा प्रवेशगरेर बाघले मानिस तथा पशुचौपायालाई आक्रमणसमेत गर्ने गरेको थियो ।

बाघको आक्रमणबाट  सो क्षेत्रमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । यस्तै बाघले दर्जनौँ चौपाया मारेको थियो ।

तेह्र वर्षीय बालकको कला : दिनमा विद्यालय, बिदामा दोहोरी साँझ

इकागज | चैत १, २०८०

तनहुँ- माध्यमिक तहमा पढ्ने विद्यार्थीले आफूलाई आवश्यक कापी, कलमलगायत अतिरिक्त शुल्कको व्यवस्था गर्न अभिभावक...

एचआइभी सङ्क्रमित बालबालिकालाई सामाजिक सुरक्षामा जोड्न आग्रह

इकागज | चैत १, २०८०

काठमाडौँ- प्राणघातक रोग एचआइभी/एड्सबाट सङ्क्रमित बालबालिकाको राजधानीमा हालै सम्पन्न राष्ट्रिय भेलाले सरका...

गृहमन्त्रीलाई कमल थापाको चुनौती : विभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूलाई कारबाही गरेर देखाउनू

इकागज | चैत १, २०८०

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवासलगायत विभिन्न प्रकरणमा मुछिएका राजनीतिक प...

रास्वपा सासंद पराजुलीको प्रश्न : कांग्रेसले किस्तीमा राखेर रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्दा अहिले उठाएको विषय कहाँ थियो ?

इकागज | चैत १, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले कांग्रेसले किस्तीमा राखेर रवि लामिछ...

काठमाडौँ महानगरले भन्योः १५ दिनमा तरकारी, फलफूल, कोल्ड स्टोर, मासु तथा माछा पसल दर्ता गर्नू

इकागज | चैत १, २०८०

काठमाडौँ- तरकारी, फलफूल, कोल्ड स्टोर, मासु तथा माछा जन्य उद्योग व्यवसायलाई काठमाडौँ महानगरले दर्ता गर्न ...