प्रमुख समाचार

अझै पुनः निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना

इकागज | फागुन २५, २०८०

फुङ्लिङ (ताप्लेजुङ)- गत  असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्‍याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनः निर्माण  सम्पन्न भएको छैन ।  ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा सो आयोजना  निर्माण गरिएको थियो ।

सो आयोजनाको क्षमता ९.९ मेगावाट रहेको थियो । तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा उत्पादित सो जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र विद्युत्गृहमा बाढीपहिरोले क्षति गरेको छ । आयोजनाको पुनःनिर्माणको काम अहिलेसम्म नसकिँदा विद्युत् उत्पादन ठप्प रहेको हो । 

जलविद्युत् आयोजनाको विभिन्न संरचना ध्वस्त बनाउँदा तत्कालीन समयमा रु ७० करोड बढी क्षति हुन पुगेको प्रारम्भिक अनुमान गरिएको थियो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का कार्यकारी सदस्यसमेत रहनुभएका आयोजनाका कार्यकारी निर्देशक कुवेरमणि नेपालका अनुसार बाढीपहिरोले बाँध, एक किलोमिटर जति पाइप लाइन, विद्युत्गृह र अन्य संरचनामा क्षति गरेको थियो । 

बाढीपहिरोले क्षति गरेको संरचनाको मर्मत तथा पुनःनिर्माणको काम भने अहिले धमाधम भइरहेको उनले जानकारी दिए । पुनःनिर्माणलाई तीव्रता दिँदै आएको र हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका स्थानीय जनसम्पर्क अधिकृत टीकाराम मिश्रले जानकारी दिए । आगामी वैशाखसम्ममा उत्पादन सुरु गर्ने गरी हाल निर्माणको काम भइरहेको उनले बताए । उनका अनुसार लामो समयसम्म उत्पादन सञ्चालन नहुँदा आयोजनाले नोक्सानी खेपिरहनुपरेको छ । 

आयोजना नजिक रहेको २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ को विद्युत् उत्पादन भने सञ्चालन भएको छ । अरुण काबेली पावर लिमिटेडको प्रवद्र्धनमा निर्माण भएको काबेली ‘बी–१’ जलविद्युत् आयोजनाको उत्पादन करिब एक महिनाअघिदेखि सुरु भएको हो । इँवाखोला, काबेली बी–१ लगायत यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनालाई सोहीअर्थात् एकै समयमा बाढीपहिरोले क्षति गरेको थियो । रासस

राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् : राष्ट्रपति पौडेल

इकागज | फागुन २५, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राज्यका सबै तह र क्षेत्रमा ...

आज अन्तर्राष्ट्रिय महिला दिवस : कसरी सुरू भयो विश्वभर मनाउन ?

इकागज | फागुन २५, २०८०

काठमाडौँ- आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस छ । विश्वभर विविध कार्यक्रम गरी आज ११४ औँ अन्तर्राष्ट्र...

आज सेना दिवस : कस्तो छ सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि ?

इकागज | फागुन २५, २०८०

काठमाडौँ- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्ष...

पशुपति जाँदै हुनुहुन्छ ? यी हुन् सवारी साधनको पार्किङस्थल, यसरी गरिँदै छ डाइभर्सन

इकागज | फागुन २५, २०८०

काठमाडौँ- महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पवित्र पाशुपत क्षेत्रमा गएरातिदेखि नै दर्शनार्थीहरूको भी...

आज महाशिवरात्रि

इकागज | फागुन २५, २०८०

काठमाडौँ- हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भगवान् शिवको...

नेपाली सेना राष्ट्र र जनताको हितमा समर्पित होस्  : राष्ट्रपति पौडेल

इकागज | फागुन २५, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको गौरवमय छविलाई अझै उच्च बनाउँदै सदाझैँ राष्ट्र र जनत...

महाशिवरात्रिमा सवारी साधनलाई डाइभर्सन गरिने, कहाँ गर्ने पार्किङ ?

इकागज | फागुन २४, २०८०

काठमाडौँ- महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पवित्र पाशुपत क्षेत्रमा बिहीबार रातिदेखि नै दर्शनार्थीहर...

धादिङ बस दुर्घटना अपडेट : हराइरहेका दुई जनाको शव फेला, मृतक संख्या ९ पुग्यो

इकागज | फागुन २४, २०८०

धादिङ- धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको ...