दल

वर्तमान सरकार लामो समय टिक्ने भरोसा कसैसँग पनि छैन : गगन थापा

इकागज |
फागुन २४, २०८० बिहीबार १८:७ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार लामो समय टिक्ने भरोसा कसैसँग पनि नरहेको बताएका छन् ।

बिहीबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले प्रधानमन्त्री प्रचण्डले गठबन्धन परिवर्तन गर्न दलहरूलाई पटक-पटक धोका दिने गरेको भन्दै सरकार लामो समय टिक्ने भरोसा कसैसँग पनि नरहेको बताएका हुन् । थापाले संसदमा एमाले अध्यक्ष केपी ओलीको हाउभाउ हेर्दा पनि आफूलाई धोका दिन सक्नेतर्फ सचेत देखिएको उल्लेख गरे । उनले प्रधानमन्त्रीले अहिले जनमतलाई समेत लत्याएको बताए ।


थापाले गठबन्धन परिवर्तन गर्दा कांग्रेसप्रति लगाएको आरोप ढाकछोप गर्ने बहानामात्रै रहेको टिप्पणी गरे । निर्वाचनअघि गठबन्धन गरेकाले इमान्दारीपूर्वक कांग्रेसले साथ दिइरहेको अवस्थामा प्रधानमन्त्रीले त्यसलाई भत्काएपछि विभिन्न ढोका खुल्ला भएको उनले बताए

उनले नेपालमा निर्वाचनअघि हुने गठबन्धनलाई संवैधानिक, राजनीतिक सबै तवरबाट सधैंका लागि बन्द गर्नुपर्ने धारणा राखे । 


Author

थप समाचार
x