प्रमुख समाचार

ग्याल्पो ल्होसारले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने राष्ट्रपति पौडेलको विश्वास

इकागज | फागुन २८, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको  शुभकामना व्यक्त गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा व्यक्त गरेका छन् ।

नेपालको हिमालीसहित विभिन्न क्षेत्रमा  बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ ।

ल्होसार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।

ग्याल्पो ल्होसार पर्वले हामी सबै नेपालीबीचको एकतालाई अझ सदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गरेका छन् ।

ग्याल्पो ल्होसारले पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्छ : उपराष्ट्रपति यादव

इकागज | फागुन २८, २०८०

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसार–२१५१...

सीके राउत, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लालबीच सहकार्य गर्ने सहमति

इकागज | फागुन २७, २०८०

काठमाडौँ- मधेश केन्द्रित तीन दलबीच सहकार्य गर्ने सात बुँदे सहमति भएको छ । जनमत पार्टीका अध्यक्ष सीके ...

कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार बनाउने

इकागज | फागुन २७, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ । आइतबार...

कतारमा नेपाली दूतावासले स्वदेशमा लगानी भित्र्याउन सम्मेलन गर्दै

इकागज | फागुन २७, २०८०

काठमाडौँ- नेपालमा लगानी भित्र्याउने उद्देश्यले कतारमा आर्थिक सम्मेलन हुने भएको छ । कतारस्थित नेपाली दूता...

ओलम्पिकका लागि हुने एसियाली छनोट खेल्न तेक्वान्दो टोली चीन जाँदै

इकागज | फागुन २७, २०८०

काठमाडौँ- फ्रान्सको पेरिसमा हुने ओलम्पिक तथा पारालम्पिक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियो...

बारामा ३१ सहिद थपिए, किसान आन्दोलनका सहिद मुखलाल महतो भने फेरि छुटे

इकागज | फागुन २७, २०८०

बारा- सरकारले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान ग...

राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै कुटपिट

इकागज | फागुन २७, २०८०

काठमाडौँ - राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको छ ।  पार्टी कार्...