प्रमुख समाचार

राप्रपालाई सरकारमा जान कुनै इच्छा छैन : राजेन्द्र लिङ्देन

इकागज | फागुन २४, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनमै आफ्नो पार्टीलाई खोज्ने अवस्था आउन सक्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा लिङ्देनले राप्रपाले सरकारमा सहभागी हुन खोजेर पनि नपाएको भन्ने हल्ला फैलाउन खोजेको भन्दै केही दिनमै आफ्नो पार्टीलाई खोज्ने अवस्था आउन सक्ने बताएका हुन् । उनले राप्रपालाई सरकारमा जान कुनै इच्छा नभएको र सरकार बनाउने र गिराउने खेलमा नलाग्ने जिकिर गरे ।

मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको उनले बताए । उनले नयाँ समझदारीबाट मुलुकलाई अगाडि लैजान सबै पक्षलाई आह्वान गरे ।

लिङ्देनले मिटरब्याजी पीडित, लघुवित्त पीडित, दुग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने धारणा राखे ।

वर्तमान गठबन्धनलाई कसैले पनि तोड्न सक्दैन : देवेन्द्र पौडेल

इकागज | फागुन २४, २०८०

काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्तमान सत्तागठबन्धन निरन्तर ...

मिटरब्याज पीडितको आन्दोलनमा बाबुराम भट्टराईको ऐक्यबद्धता

इकागज | फागुन २४, २०८०

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मिटरब्याज पीडितको आन्दोल...

जसपा उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने, स्वास्थ्य मन्त्री बन्‍ने निश्चित

इकागज | फागुन २४, २०८०

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने भएको छ । आज बसेको केन्द्रीय कार्यकारिणी...

काठमाडौँको सुरक्षा थप चुस्त पार्न ‘जिपीएस’सहित ‘इ-क्यूआरटी’ परिचालित

इकागज | फागुन २४, २०८०

काठमाडौँ- काठमाडौँ  उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि...

कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको आगमन

इकागज | फागुन २४, २०८०

फुङ्लिङ (ताप्लेजुङ)- कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । लामो समय स...