दल

जसपाले मन्त्री चयन गर्ने अधिकार उपेन्द्र यादवलाई दियो

इकागज |
फागुन २४, २०८० बिहीबार १३:५८ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुने मन्त्रीको चयन गर्ने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।

बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको जसपा कार्यकारिणी बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्रीको चयन गर्ने अधिकार पार्टी अध्यक्ष दिएको प्रवक्ता मनिष सुमनले बताए । उनले नयाँ गठबन्धनको हस्ताक्षरकर्ता जसपा भएकाले गठबन्धनलाई पूर्ण रूपमा सहयोग र समर्थन रहने धारणा राखे ।


मधेश प्रदेश सरकारको सुरक्षणको ग्यारेन्टी भएकाले सरकारमा मन्त्रीहरूको नाम पठाउने निर्णय भएको उनको भनाइ छ ।

प्रधानमन्त्रीसँग सल्लाह गरेर अध्यक्षले मन्त्रीको नाम पठाउने प्रवक्ता सुमनले बताए । 


Author

थप समाचार
x