दल

जसपा उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने, स्वास्थ्य मन्त्री बन्‍ने निश्चित

इकागज |
फागुन २४, २०८० बिहीबार १४:१८ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने भएको छ ।

आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय भएको सो पार्टीका प्रवक्ता मनीषकुमार सुमनले जानकारी दिए । मन्त्रीको टुङ्गो लगाउने तथा कतिपय अन्य विषयमा निर्णय हुन भने बाँकी रहेको उनले बताए ।


उनका अनुसार आजको बैठकले उपप्रधानमन्त्रीसहित अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

यादवलाई उपप्रधानसहित स्वास्थ्यमन्त्री बनाउने गठबन्धनको तयारी छ ।


Author

थप समाचार
x