प्रमुख समाचार

चीनको आर्थिक विकासले नेपाललाई पनि फाइदा पुग्छ : विज्ञ

इकागज | फागुन २४, २०८०

काठमाडौँ- छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्नसक्ने बताइएको छ । चाइना मिडिया गुप्रको आयोजना तथा नेपाल–चीन युवामैत्री संघको सहआयोजनामा बुधबार यहाँ आयोजित ‘चीनको आर्थिक विकास र छिमेकी देशका लागि नयाँ अवसर’ विषयक अन्तक्र्रियामा वक्ताहरूले चीनको आर्थिक विकासले अन्य छिमेकी मुलुकलाई फाइदा पुग्ने बताएका हुन् ।

कार्यक्रममा चीनका लागि नेपाली पूर्वराजदूत लीलामणि पौड्यालले चीनले लिएको आर्थिक नीतिले विश्वलाई नै प्रभाव पार्ने बताए । चीनमा स्थिरता र आर्थिक विकास हुँदा नेपाललाई फाइदा पुग्ने उहाँको भनाइ थियो ।

“सन् २००८ मा विश्वमा आएको आर्थिक मन्दीको बेलामा चीनले लिएको आर्थिक नीतिले विश्वको अर्थतन्त्रमा केही सहयोग पुगेको थियो, नेपाल छिमेकी मुलुक भएको कारण चीनको नीतिले नेपाललाई प्रभाव पर्दैन भन्न मिल्दैन”, उनले भने ।

कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले छोटो समयमा चीनले आर्थिक विकासमा ठूलो फड्को मारेको बताए । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपालको विकासमा केही आशा जागेको उल्लेख गरे ।

नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि वाङ सीनले तीव्र औद्योगीकरणको विकास र अनुसन्धानका कारण चीनको अर्थतन्त्रले फड्को मार्न सफल भएको बताए । उनले सन् २०२३ मा चीनले विश्व अर्थतन्त्रमा ४२ प्रतिशत योगदान गरेको दाबीसमेत गरे ।

निर्यात व्यवसायी महासङ्का अध्यक्ष शंकर पाण्डे, नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा हरिशचन्द्र शाह, वर्ल्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकार, नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली, चीन अध्ययन केन्द्रका सचिव प्रकाशबाबु पौडेललगायतले नेपाल र चीनबीचको सम्बन्ध जुन हिसाबले विकसित हुनुपर्ने हो त्यो हुन नसकेको बताएका थिए ।

उनीहरूले दुई देशबीच भाषाको समस्या, चीनमा व्यापारको समयमा लेनदेनको समस्या, सामान पठाउनका लागि बोर्डरमा प्रयोगशाला नहुँदा नेपाली व्यवसायीले ठूलो समस्या झेल्नुपरेको बताएका थिए । चाइना मिडिया गुप्र, दक्षिण एसिया ब्यूरोका प्रमुख चाङ युए वर्षा, नेपाल–चीन युवामैत्री संघका अध्यक्ष विष्णु सापकोटाले नेपाल–चीन सम्बन्धबारे जनतामाझ रहेको भ्रम चिर्दै नेपालको विकासमा लाग्नुपर्नेमा जोड दिए । रासस

भूकम्प प्रभावित क्षेत्रमा पुन:निर्माण गर्न दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार

इकागज | फागुन २४, २०८०

कर्णाली- कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्ने ...

देउवाका ज्योतिष भन्छन्- नयाँ अर्थमन्त्री पुन आएसँगै नेप्से पछिल्लो ३ वर्ष यताकै उच्च बिन्दुमा पुग्छ

इकागज | फागुन २४, २०८०

काठमाडौँ- ज्योतिष पण्डित सुरेशचन्द्र रिजालले नवनियुक्त अर्थमन्त्री आएपछि सेयर बजार सकारात्मक लयमा अगाडि बढ्...

इयूले लगाएको उडान प्रतिबन्ध हटाउँछौँ : पर्यटनमन्त्री तामाङ

इकागज | फागुन २४, २०८०

काठमाडौँ- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई य...

मन्त्रालयको कामलाई परिणाममुखी बनाउनुपर्छ : खानेपानीमन्त्री राई

इकागज | फागुन २४, २०८०

काठमाडौँ- नवनियुक्त खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको कामलाई परिणाममुखी र प्रभावकारी बनाउन...

लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त, गरे मन्त्रिमण्डल पुनर्गठन

इकागज | फागुन २३, २०८०

दाङ- लुम्बिनी प्रदेशमा नेकपा माओवादीका दुइ मन्त्री बर्खास्तमा परेका छन् । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबह...