दल

मिटरब्याज पीडितको आन्दोलनमा बाबुराम भट्टराईको ऐक्यबद्धता

इकागज |
फागुन २४, २०८० बिहीबार १४:४६ बजे

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

बिहीबार काठमाडौँको भृकुटीमण्डपमा पुगेर भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा पूर्ण समर्थन रहेको बताएका हुन् । भृकुटीमण्डपबाट र्‍यालीसहित भद्रकाली पुगेका भट्टराईले गरिब निमुखाहरूलाई ऋण दिएर तीनगुना ज्यादा असुल गर्ने र नभए घर जग्गा कब्जा गर्ने क्रम रोकिनुपर्ने बताए । उनले आफ्नो समस्या समाधानका लागि काठमाडौँ आएका मिटरब्याज पीडितको समस्या समाधान हुनुपर्ने जिकिर गरे ।


भट्टराईले माग पूरा हुन नसके मिटरब्याज पीडित लगायतले नयाँ विद्रोह गर्नुपर्ने अवस्था आउन सक्ने जिकिर गरे ।

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई नि:शुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पति फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने लगायतका ६ बुँदे मागसहित उनीहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।


Author

थप समाचार
x