प्रमुख समाचार

आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

इकागज | चैत ६, २०८०

काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश र कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा टक्सार महाशाखा प्रमुख आचार्य बर्खास्त

इकागज | चैत ५, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन् । केन्...

सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै पदमा पुगेका व्यक्तिलाई पनि कारबाही गर्नुपर्छ : महत

इकागज | चैत ५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै पदमा पु...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

इकागज | चैत ५, २०८०

पोर्चुगल- पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान गर्नका लागि फ्रान्सस्थित नेप...

ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर

इकागज | चैत ५, २०८०

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईशनाथ नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतस...

गगन थापाकाे प्रश्न- गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ ?

इकागज | चैत ५, २०८०

काठमाडौं - नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन ...

सहकारीको ऋण समयमै तिर्नुस्, अन्यथा कानून बमोजिम असुली प्रक्रिया अगाडि बढाइन्छ : काठमाडौँ महानगर

इकागज | चैत ५, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सहकारीबाट लिएको ऋण समयमै तिर्न आग्रह गरेको छ । सोमबार एक सूचना जा...