प्रमुख समाचार

सुनकोशीमा बेपत्ता भएका ३ बालबालिकाको खोजीका लागि गोताखोर टोली परिचालन

इकागज | चैत १२, २०८०

काठमाडौँ- उदयपुरको उत्तरी सीमास्थित सुनकोशी नदीमा बेपत्ता परेका तीन बालबालिकाको खोजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ ।

जिल्लाको त्रियुगा नगरपालिका-१४ साउनेका १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगरको खोजी कार्यका लागि गोताखोरको टोली परिचालन गरिएको हो । बालबालिकाको खोजतलास गर्न सशस्त्र प्रहरी बल नम्बर १ बाराह बाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

होली खेलेर नुहाउने क्रममा आइतबार तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए । गोताखोरको टोलीले बेपत्ता भएको स्थानदेखि नदीको तल्लो क्षेत्रतर्फ पानीमुनि गएर खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरीनन्दन चौधरीले जानकारी दिए ।

गोताखोरको टोलीले बेपत्ता बालबालिकाको खोजी गरिरहेको स्थानमा कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई पुगेर बेपत्ता बालबालिकाहरूको खोजतालसको जानकारी लिएका छन् ।

र, यो पनि

होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा डुबेर बेपत्ता

भेटेरिनरी अस्पताल सर्लाहीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर

इकागज | चैत १२, २०८०

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका...

सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह

इकागज | चैत १२, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नी...

कांग्रेस कोशी प्रदेशले पठायो इलाम २ का लागि आकांक्षीहरुको नाम‚ आचार्य पहिलो नम्बरमा

इकागज | चैत १२, २०८०

काठमाडौं - नेपाली कांग्रेस कोशी प्रदेशले इलाम क्षेत्र नम्बर २ काे उपनिर्वाचनका लागि आकांक्षीहरुको न...

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल

इकागज | चैत १२, २०८०

चितवन- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताए...