Ekagaj Logo
२० कात्तिक २०८१, मंगलबार
(Tuesday, 05 November, 2024)

प्रमुख समाचार

केन्द्रीय बैंकले आठ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

इकागज | फागुन २५, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कूल रु आठ अर्ब बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । ब्याजदर समेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । यही फागुन २९ गते अपरान्ह बोलकबोल हुने छ । ऋणपत्रको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ । अर्ध वार्षिक रूपमा ब्याज भुक्तानी हुने र त्यसमा ब्याजकर समेत लाग्नेछ ।

ऋणपत्र घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबर खरिद गर्न सकिनेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी  वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । रासस 

गठबन्धन परिवर्तनको निर्णय अहिलेको व्यवस्था, संविधान र राष्ट्रका लागि हो : पम्फा भुसाल

इकागज | फागुन २५, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष पम्फा भुसालले अहिलेको व्यवस्था, संविधान र राष्ट्रका ...

महिला सहभागिता, सशक्तीकरण र समानताका लागि सरकारले  नीतिगत व्यवस्था गरेको छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | फागुन २५, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्र...

राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् : राष्ट्रपति पौडेल

इकागज | फागुन २५, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राज्यका सबै तह र क्षेत्रमा ...

आज अन्तर्राष्ट्रिय महिला दिवस : कसरी सुरू भयो विश्वभर मनाउन ?

इकागज | फागुन २५, २०८०

काठमाडौँ- आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस छ । विश्वभर विविध कार्यक्रम गरी आज ११४ औँ अन्तर्राष्ट्र...