Ekagaj Logo
२० कात्तिक २०८१, मंगलबार
(Tuesday, 05 November, 2024)

प्रमुख समाचार

बसको ठक्करबाट कोटेश्वरमा घाइते ट्राफिक प्रनानी खत्रीको मृत्यु

इकागज | फागुन २८, २०८०

काठमाडौँ- कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ ।

यही फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।  

उनले भने, 'जुनेली यातायातको बसको ठक्करबाट उहाँ गम्भीर घाइते भएर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका उनको हिजो उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन् ।'

बसका चालक गिरीलाई प्रहरीले ‘सवारी ज्यान’सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको र खत्रीको मृत्यु भएपछि अब सोहीअनुसारको मुद्दा प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले बताए ।

मंसिरदेखि हराएका आयुषको शव पोष्‍टमार्टमका लागि काठमाडौँमा

इकागज | फागुन २८, २०८०

काठमाडौँ- धादिङको गल्छीमा बेवारिसे अवस्थामा फेला परेको शवको परिवार सम्पर्कमा आएका छ्न् । आइतबार कपिलवस्त...

राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता, आजै नामावली प्रकाशन हुने

इकागज | फागुन २८, २०८०

काठमाडौँ- राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ...

ग्याल्पो ल्होसारले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने राष्ट्रपति पौडेलको विश्वास

इकागज | फागुन २८, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रह...

ग्याल्पो ल्होसारले पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्छ : उपराष्ट्रपति यादव

इकागज | फागुन २८, २०८०

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसार–२१५१...